arrow

संसदमा सर्वोच्च अदालत पहिलो सशोधनसहित ३ विधेयक पेश, शनिबार ४ बजेपछि बजेट भाषण

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
sansad-@@@.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका संसद बैठकमा शुक्रबार ३ वटा विधेयक पेश भएका छन् । बैठकमा श्रम तथा रोजगार मन्त्री दिपक बोहराले सामाजिक सुरक्षा विधेयक पेश गरे । मन्त्री बोहराले ‘सामाजिक सुरक्षा विधेयक, २०७२’ प्रस्तुत गर्दै लामो समयको अथक प्रयासपछि विधेयक आएको जानकारी दिए ।   यस्तै, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अग्नीप्रसाद खरेलले सर्वोच्च अदालत पहिलो संशोधन विधेयक र न्यासेवा विधेयक पेश गरे । 
 
समामुख ओनसरी घर्तीले कानुनमन्त्री खरेलले पेश गरेका दुवै विधेयकका विरोधको सुचना नपरेको जानकारी गरान् । यस्तै विधेयक पेश गर्दै मन्त्री खरेलले यसअघि एक सय ९३ वटा कानुन संशोधन भइसकेको जानकारी दिए । मन्त्री खरेलले संविधान कार्यान्वयन गर्न प्रस्तुत गरिएको सो विधेयकपछि अन्य क्रमशः प्रस्तुत गरिने बताए । बैठकमा नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले सामाजिक सुरक्षा विधेयक २०७२ अधुरो अपूरो भएको जनाई विधेयकलाई फिर्ता लिन सरकारसित माग गरेका थिए । 
 
यस्तै, संसदमा पेश भइसकेको नियमावली मस्यौदा समिति प्रतिवेनद पारित गर्न नयाँ नियमावली निर्माणका प्रक्रिया थालनी हुने बताइएपनि विहान बसेको सर्वपक्षीय बैठकमा सहमथि जुट्न सकेन । सत्ताधारी र विपक्षी सहित केही शीर्ष दलहरुलाई सभामुख ओनसरी घर्तीले सहमति गर्न भन्दै बैठक डाकेकामा नेताहरुको आ–आफ्नै अडानका कारण सहमति जुट्न सकेन । 
 
संसदको संसदीय सुनुवाई विशेष समितिको संख्या र सुनुवाईको कार्यविधिबारे सत्ताधारी दल र प्रमुख विपक्षीबीच विवाद छ । सत्ताधारी दल एमाले र नेकपा माओवादी केन्द्र लगायत नयाँ संविधान अनुसार नै १५ सदस्यीय संसदीय सुनुवाई समिति र कार्यविधि तयार हुनुपर्ने पक्षमा छन् भने, प्रमुख विपक्षी कांग्रेसले पुरानै नियमावली अनुसार ७५ सदस्यीय सुनुवाई समिति बन्नु पर्ने अडान राख्दै आएको छ । संसदले नयाँ नियमावली बनाउन नसक्दा संसदीय सुनुवाई समिति निर्माण र संसदीय सुनुवाईको काम अड्किएको छ । 
 
शनिबार ४ बजे संसद, सरकारले बजेट ल्याउँदै 
सरकारले आगामी आर्थिक वर्ष २०७३–०७४ का लागि शनिबार बजेट ल्याउँदै छ । गएको वर्ष भन्दा केही बढ्ने बजेटले भूकम्पपछिको पुनः निर्माणलाई प्राथमिकता दिने र व्यवस्थित सहरीकरण एवं पर्यटकिय गन्तव्यमा जोड दिने बताइएको छ । सभामुख ओनसरी घर्तीले शनिबार ४ बजे पुनः बस्ने गरी संसद बैठक स्थगित गरेकी छन् । शनिबार अपरान्ह ४ बजेपछि बस्ने बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ