arrow

'कम्पलेक्स' म्यागजीनको लागि प्रियंकाको फोटो

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
pc-5.jpg.jpeg
एजेन्सी। प्रियंका चोपडा बलिउडमा चर्चित नाम हो। उनिको नाम बलिउडका साथै हलिउडमा पनि सुन्न पाइन्छ। हलिउडमा उनले  डेब्यू गरेको चलचित्र 'बेवाच' हो। साथै उनि अमेरिकी टिभि सीरीज 'क्वान्टिको' मा देखिए पछि लगातार चर्चा हुने गरेको छ। बिलबोर्ड म्यूजक अवार्ड २०१६ मा आफ्नो ग्लामरस लुकको कारण  चर्चामा रहेकि प्रियंकाले हालै  कम्पलेक्स म्यागजीनको लागि हट फोटोशूट गराएकी छन्। 
 
कम्पलेक्स म्यागजीनको लागि  किम कार्दाशियां जस्ता चर्चित अभिनेत्रीले पनि यो भन्दा पहिला फोटोशूट गराइ सकेकी छन्। प्रियंका म्यागजिनको कभर पेजमा रङगिन नोटहरुको र हील्स लगाएर पल्टिएको देखाइएको  छ। म्यागजिनको अन्तर्वारतामा प्रियंकाले आफ्नो करियरको अनुभव बताएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ