arrow

पहिलो लाङटाङ्ग-गोसाईकुण्ड हाफ म्याराथुन सम्पन्न

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
TAAN.JPG.jpeg
काठमाडौं। ट्रेकिङ एजेन्सीस असोसिएसन अफ नेपाल (टान)ले आयोजना गरेको पहिलो टान लाङटाङ्ग-गोसाईकुण्ड हाल्फ म्याराथुन सम्पन्न भएको छ। गोसाईकून्डबाट शुरु भएको म्याराथून धुन्चेमा आएर समापन भएको थियो। 
 
पुरुष तर्फ त्रिभुवन आर्मी क्लबका भरत खत्रीले १ घण्टा २२ मिनेट ५५ सेकेण्डमा उक्त म्याराथुन पुरा गर्दै प्रथम भएका थिए। आर्मी कै होमलाल श्रेष्ठले उक्त दुरी १ घण्टा २३ मिनेट ३५ सेकेण्डमा पुरा गर्दै दोस्रो भए भने जुम्लाका गोविन्द बहादुर अधिकारीले १ घण्टा २३ मिनेट ४६ सेकेण्डामा उक्त दुरी पार गर्दै तेस्रो स्थान ओग्टन सफल भएका थिए।
 
महिला तर्फ रसुवाकी फूलमाया स्याङबाले २ घण्टा ७ मिनेट २६ सेकेण्डमा दुरी पुरा गर्दै पहिलो स्थान जितेकी थिईन्। दोस्रो स्थान सिन्धुपाल्चोककी कमला तामाङले २ घण्टा १८ मिनेट ५३ सेकेण्डमा पुरा गरेकी थिईन्। त्यसैगरि रसुवाकी बिन्दा बिकले २ घण्टा २१ मिनेट १७ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भएकी थिईन्। 
 
कुल १०३ जना सहभागि दक्त म्याराथुनमा २३ महिला र ४ बिदेशी सहभागी रहेका थिए। पहिलो हुनेले रु. ५०,००० दोस्रो हुनेले रु. ३०,००० र तेस्रो हुनेले रु. २०,००० पुरस्कार पाएका थिए। 
 
गत बर्षको भुकम्प पछि लाङटाङ क्षे्र खुलेको जानकारी दिन उक्त म्याराथुनको ायोजना गरिएको टानले जनाएको छ। दौड गोसाएकुण्डबाट शुरु भई चोलाङपाटी, चन्दनबारी हुँदै जिल्ला सदरमुकाम रसुवामा गएर सकिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ