arrow

एनआरएन क्यानडा निलम्बन

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
nrn.jpg.jpeg
टोरन्टो। गैरआवासीय नेपाली संघ क्यानडा निलम्बनमा परेको छ। क्यानेडियन संघ संस्था सम्बन्धि प्रचलित कानुन अनुसार संघले आफ्नो आर्थिक तथा प्रगति विवरण अध्यावधिक गरि सम्बन्धित निकायमा समयमै नबुझाएकाले एनआरएन- क्यानडा निलम्बनमा परेको हो।
 
संघ संस्था नियमन गर्ने निकाय इन्डस्ट्री क्यानडाले एनआरएन क्यानडालाइ २०१६ फेब्रुवरी देखि अप्रिल १८ तारिख सम्म आफ्नो बार्षिक विवरण बुझाउन भनेको थियो। तर संघका पदाधिकारीको लापरबाहीका कारण समयमै प्रतिबेदन बुझाउन नसक्दा निलम्बन हुने स्थिति आएको हो।
 
संघको यस अघिको कार्यकालमा आर्थिक संकलन र अतिरिक्त क्रियाकलाप धेरै नै सम्पन्न भएका थिए जसको लेखाजोखा यकिन गर्न नसक्दा बर्तमान समिति कागको कुहिरो भएको सहजै अनुमान गर्न सकिन्छ। उसोत संघको अधिबेशनताका आर्थिक प्रतिबेदन पारित नभए पछि छानबिन गर्न लेखा बिज्ञ सहितको एउटा टोलि गठन नै गरिएको थियो।
 
कुन साल सम्मको लेखा परिक्षण सहितको प्रतिबेदन बुझाउनु पर्ने हो त्यो नखुलाए पनि अझै पनि जरिवाना सहित यथाशिघ्र संघको आर्थिक र प्रगति विवरण बुझाएमा संघ बिघटन बाट जोगिन सक्ने क्यानेडियन नियमन निकायले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ