arrow

कम्युनिष्ट गढ रुकुममा काँग्रेस विजयी

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ जेठ १९ बुधबार
Rukum-hamrakura.jpg.jpeg
रुकुम। नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनमा रुकुममा नेपाली काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन संघ विजय भएको हो। जम्मा खसेको ३ सय ६२ मत मध्ये युनियन सँघले १ सय ६३ मत ल्याएको छ।
 
दोस्रो हुने नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिले १ सय ३ मत र नेकपा एमाले निकट नेपाल कर्मचारी संगठनले ८२ मत र नेपाल मधेसी निजामति कर्मचारी संघले ५ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ। विहान ९ बजेदेखि सुरू भएको निर्वाचनमा ९ मत बदर भएको बताइएको छ।
 
माओवादी केन्द्रको आधार इलाका भनिएको रुकुममा काँग्रेसको जित सुरुवात हुनुले काँग्रेस बलियो हुँदै गएको युनियन सँघमा आवद्ध कर्मचारीहरुको भनाई रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ