arrow

गृह र शहरी विकासमा काँग्रेस निकट युनियनको पकड

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
home-ministry-nepal.jpg
काठमाडौं। गृह मन्त्रालय र शहरी विकास मन्त्रालयमा काँग्रेसी कर्मचारीहरू विजयी भएका छन्। बुधबार भएको नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनमा गृह मन्त्रालयमा रहेको कूल ३३९ मतमा काँग्रस निकट युनियनले १ सय ६६ मत ल्याएको छ भने एमाले निकट संगठनले १ सय ३०, राष्ट्रिय कर्मचारी संगठनले २७ मत ल्याएको छ युनियनका महासचिव जीत बहादुर मडैले जानकारी दिए। 
 
त्यस्तैगरी , शहरी विकास मन्त्रालयमा पनि युनियनले विजय हाँसिल गरेको छ। शहरी विकासमा कूल खसेको १ सय ९ मत मध्ये युनियनको ५४, संगठनको ४३, राष्ट्रिय कर्मचारी संगठनको ९ र मधेशी मञ्चको २ मत आएको छ भने १ मत बदर भएको अध्यक्ष शहरी विकास मन्त्रालयका नायबसुब्बा बालकृष्ण दाहालले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ