arrow

धनकुटामा सबैभन्दा बढी मतान्तर, झापा भोजपुर र तेह्रथुममा के–के भयो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७३ जेठ २० बिहिबार
trade-unioun-4.JPG.jpeg
काठमाडौं । निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा धनकुटा जिल्ला कार्य समितिमा एमाले निकट कर्मचारी संगठनले काँग्रेस निकट युनियनलाई भारी मतान्तरले हराएको छ । बुधबार भएको निर्वाचनमा संगठनले कूल खसेको ५ सय ३५ मत मध्ये ३ सय ३६ पत प्राप्त गर्दा युनियनले जम्मा ९४ मत प्राप्त गरेको छ । त्यसैगरी, राष्ट्रिय कर्मचारी संगठन ५३, मिलन केन्द्र ३१ र मधेशीले १७ मत पाए भने २ मत बदर भएको थियो । 
 
उता, झापा भोजपुर र तेह्रथुममा पनि एमाले निकट कर्मचारीहरू भारी मतान्तरले विजयी भएका छन् । झापामा कूल खसेको १००६ मतमा संगठनले ४ सय ८०, युनियनले ३ सय ६० राष्ट्रिय कर्मचारी संगठन ७९, मधेशी मञ्च ७७ र कर्मचारी मिलन केन्द्रले १० मत ल्याएको छ भने १८ मत बदर भएको छ । भोजपुरमा संगठनको १ सय ७६, युनियनको ६४, राष्ट्रिय कर्मचारी संगठनको ३३, मधेशी मञ्चको २६ र मिलन केन्द्रको ४३ मत आएको छ भने कूल ४ सय १६ मतमा १५ मत बदर भएको छ । 
 
त्यस्तैगरी, तेह्रथुममा पनि संगठनको १ सय २३, युनियनको १ सय ४, राष्ट्रिय कर्मचारी संगठनको ३५, मधेशी मञ्चको २३, कर्मचारी मिलन केन्द्रले १७ मत ल्याएको छ । कूल खसेको ३ सय ११ मतमा ८ मत बदर भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ