arrow

क्रिकेट प्रशिक्षक दासानाइकेले दिए राजीनामा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
963116249.jpeg
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन्।
 
प्रशिक्षक दासानायकेले नेपाल क्रिकेट सङ्घ (क्यान)का कार्यवाहक महासचिव उत्तमकुमार कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका हुन् ।
 
सन् २०११ देखि नेपाली टोलीका श्रीलङ्काली मूलका क्यानेडाली नागरिक प्रशिक्षक दासानायकले व्यक्तिगत कारणले राजीनामा दिएको बताइएको छ ।
 
उनकै प्रशिक्षणमा नेपालले २०१४ को मार्चमा बङ्गलादेशमा विश्व ट्वान्टी–२० विश्वकप खेलेको थियो । यो क्रिकेटमा मात्र नभएर नेपाली खेलकुदकै अहिलेसम्मकै ठूलो उपलब्धि हो ।
 
राजीनामा दिए पनि अर्को महिना युएई पपुवा न्युगिनीविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको एक दिवसीय खेलसम्म दासानायकेले नेपाली टोली हेर्ने क्यानले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ