arrow

यस्तो बन्ला त १० बर्ष पछिको काठमाडौं ?

logo
प्रकाशित २०७३ जेठ २२ शनिबार
Dubai-Metro.jpg.jpeg
काठमाडौं । प्रक्षेपित योजना कार्यान्वयन भएमा अबको १० वर्षपछि काठमाडौं उपत्यकाले आफ्नो रूप बदल्नेछ । सडक चौडा हुनेछन् । मेट्रो रेल गुड्नेछ । ‘स्याटलाइट सिटी’ निर्माण हुनेछ ।
 
पुरातात्त्विक महत्त्वका धरोहरले  रूप फेर्नेछन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले सबै योजनाको सूक्ष्म अध्ययन सुरु गरिसकेको आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।
 
अध्ययन सकिएलगत्तै कार्यान्वयनका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार हुनेछ । रिपोर्टका आधारमा योजनाले गति लिनेछ । सबै योजना पूरा हुन कम्तीमा १० वर्ष लाग्नेछ ।
 
बागमतीमा उफ्रनेछन् माछा
 
तीन वर्षभित्र बागमतीमा माछा उफ्रनेछन्, पानीहाँस डुबुल्की मार्नेछन् । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमतीको उद्गम बिन्दुमा मानवनिर्मित दुई ठूला कृत्रिम ताल बनाउनेछ । तालबाट बग्ने पानीले सुन्दर बागमतीको सपना साकार पार्नेछ । यसका लागि एसियाली विकास बैंकले प्राधिकरणलाई आर्थिक सहयोग गर्नेछ ।
 
प्राधिकरण अबको १० वर्षभित्र काठमाडौं उपत्यकामा अत्याधुनिक स्याटलाइट सिटी निर्माणमा जुटेको छ । पहिलो चरणमा उपत्यकामा तीनवटा स्याटलाइट सिटी निर्माण हुनेछन् । पहिलो स्याटलाइट सिटी एक लाख रोपनी क्षेत्रफल, दोस्रो ३० हजार रोपनी र तेस्रो ४० हजार रोपनी क्षेत्रफल भएको जग्गामा निर्माण हुनेछ । पहिलो स्याटलाइट सिटी पाँच वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ । दोस्रो र तेस्रो स्याटलाइट सिटी भने आठ वर्षभित्र निर्माण गरिनेछ । प्राधिकरणको यो महत्त्वाकांक्षी योजनालाई सरकारले बजेटमा समेटेको छ । पहिलो स्याटलाइट सिटीको डिपिआर तत्काल सुरु हुनेछ ।
 
कहाँ कसरी गुड्नेछ मेट्रो रेल ?
 
 अध्ययनअनुसार उपत्यकाभित्र पाँच स्थानमा ‘मेट्रो रेल’को लेन निर्माण हुनेछ । पहिलो, दोस्रो र तेस्रो लेनमा गुड्ने रेलका लागि लिक ‘फ्लाई ओभर’मा हुनेछ । चौथो र पाँचौँ लाइमा गुड्ने रेलका लागि भने भूमिगत लिक निर्माण गरिनेछ ।
 
पहिलो लाइनको रुट सातदोबाटो–पुल्चोक– त्रिपुरेश्वर–रत्नपार्क–नारायणहिटी–महाराजगन्ज हुँदै नारायणगोपाल चोकसम्म हुनेछ । दोस्रो लाइनमा चल्ने रेलको लिक कलंकी–कालिमाटी–माइतीघर–तिनकुने हुँदै एयरपोर्टसम्म हुनेछ ।
 
तेस्रोको लिक भने चक्रपथ वरिपरि निर्माण हुनेछ । चौथो नम्बरको भूमिगत लिकमा चल्ने रेलको लिक स्वयम्भू–छाउनी–बागबजार–डिल्लीबजार–पुरानो बानेश्वर–गौशाला–चाबहिल हुँदै बौद्धसम्म निर्माण गरिनेछ ।
 
पाँचौँ लिक धोबीघाट–पुल्चोक–पाटन दरबार–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–सहिदगेट–डिल्लीबजार–टंगाल–नारायणहिटी–नयाँ बजार हुँदै गोंगबुसम्म निर्माण गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ