arrow

९६ वर्षको उमेरमा बिए पास गरेर विश्व रेकर्ड

logo
प्रकाशित २०७३ जेठ २२ शनिबार
_96c09f7c-2a25-11e6-8f5f-7ac8be343499.jpg.jpeg
टोकियो । एकजना जापानी नागरिकले ९६ वर्षमा बिए पास गरेर बिए पास गर्ने विश्वको सबैभन्दा बढी उमेरको व्यक्तिको नयाँ कीर्तिमान राखेका छन् । उनले जापानको क्योतो विश्वविद्यालयबाट हालैमात्र सेरामिक कला विषयमा स्नातक पास गरेका थिए । 
 
९६ वर्षमा स्नातक गरेका उनलाई गिनीज वल्र्ड रेकर्डले हालैमात्र संसारको सबैभन्दा पाको उमेरमा स्नातक गर्ने व्यक्तिका रुपमा प्रमाणपत्र प्रदान गरेको शनिबारका जापानी सञ्चारमाध्यमले लेखेका छन् । जापानका ९६ वर्षीय नागरिक सिगेमी हिराताले क्योतो विश्वविद्यालयबाट सबैभन्दा पाको उमेरमा स्नातक पास गर्नुभएकोले उहाँलाई गिनीज वल्र्ड रेकर्डले प्रमाणपत्र दिएको हो । 
 
उनि सन् १९१९ मा हिरोसिमामा जन्मिएका हुन् । उक्त विश्व रेकर्डपछि खुसी भएका उनका साथीहरुले उनलाई सोही कलेजमा स्वागत गरेका थिए । उनले योमियुरी समचारपत्रमा भने – मलाई बधाई ज्ञापन गर्न को साथी आए मैले चिनिन तर मलाई आज निकै नै खुसी लागेको छ ।
 
त्यस रेकर्डले आफूलाई निकै ठूलो उर्जा दिएको हिराताले सो पत्रिकालाई बताएका छन् । हिराताले सो कोर्ष पूरा गर्न ११ वर्ष लागेको बताइएको छ ।  आफ्नो जागिरबाट सेवानिवृत्त भएका उनले ११ वर्षअघि सो विश्वविद्यालय भर्ना भएका थिए ।
 
हिराताले आफू कम्तीमा पनि १०० बाँच्ने इच्छा भएको र त्यतिसमय सम्म बाँच्ने धारणा राखेका छन्  । आफूले केही न केही नाम राखौँ भनेर नै यो काम गरेको उनले बताए ।  हुनत म सक्षम र सबल नै छु तरपनि यो उमेरमा क्याम्पसजादा भने एक हिसाबले हाँसोको पात्र हुने गरेको छ– उनले बताए ।  सामान्यतया जापानी नागरिकहरु विश्वका अन्यको तुलनामा बुढेसकालमा पनि सक्रिय रुपमा काम गरिहरने हुन्छन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ