arrow

औषधि अभाव सहज बनाउन समाजकल्याण समितिको निर्देशन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
284739142.jpeg
काठमाडौं । व्यवस्थापिका–संसदको महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिले नाकाबन्दीका कारण मुुलुकभरी भएको औषधि अभावलाई सहज बनाउन सरकारलाई निर्देश गरेको छ ।  शुक्रबार बसेको समिति बैठकले नाकाबन्दीले इन्धन अभाव भएपनि यातायातका साधन चलिरहेको अवस्थामा नागरिकको स्वास्थ्यसँग जोडिएको औषधि जस्तो संवेदनशील वस्तुको अभावमा मानिसको मृत्यु हुन नहुने भन्दै द्रुतमार्ग प्रयोग गरेर भए पनि औषधि आपूर्ति सहज बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । 
 
समिति सभापति रञ्जुकुमारी झाले भन्सारका कारण विमानस्थलमा रहेको औषधि आउन नसकेको सुनाउँदै विभिन्न वैदेशिक संघ संस्थाले दिएको औषधि आउन नसकेको र नाकामा तीन सय ट्रक औषधि अड्किएको बताइन् । उनले भनिन्,‘यी सबै समस्यालाई समाधान गर्दै सरकारले गम्भीरताका साथ औषधि अभावलाई सहज बनाउनुपर्छ ।’ स्वास्थ्य तथा जनसंखयामन्त्री रामजनम चौधरीले सञ्चार माध्यममा आएजस्तो मुुलुकभर सम्पूर्ण औषधि अभाव भएको भन्दा पनि आठ–नौ प्रकारका औषधिमात्र अभाव भएको र त्यसलाई पनि सहज बनाउनेबारे प्रक्रिया अघि बढिरहेको सुनाए ।  
 
इन्धन अभावका कारण ढुवानी नहुँदा मौज्दातमा रहेको औषधि वितरणमा समस्या आएको मन्त्री चौधरीको भनाई छ । समितिले सरकारलाई औषधि अभाव हुन नदिन भने पनि मधेसी मोर्चाको बन्दले भारतीय सीमा नाकामा थन्किएको औषधि ओसार पसार असहज हुँदा समस्या भएको छ । मोर्चाले विहिबार औषधी आयात गर्न दिने बताएपनि विहिबार राति र शुक्रबार मोर्चाका कार्यकर्ताले औषधिका सवारी चल्न दिएनन् । चलेका गाडीमा समेत उनीहरुले आगजनी गरेपछि स्थिति असामान्य भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ