क्रान्तिकारी कम्युनिष्ट आवरणमा नेपालमा भारतीयकरण र इसाईकरण हुर्कदै

खगेन्द्रराज सिटौला, प्रकाशित मिति : २०७३ जेठ २३ आइतबार , १३,८२७ पटक हेरिएको
फाइल फोटो
डा. बाबुराम भट्टराई अहिले कम्युनिष्ट आन्दोलनबाट विरक्तिएर हो वा भारतले भनेजस्तो संविधान दिन नसकेको निरासाले हो नयाँ राजनीति शक्तिको खोजीमा भौंतारिरहेका छन् । पंतिकारले २०५१ सालमा एक साप्ताहिकमा एउटा लेख छपाएको थियो बन्दोवस्तवाद र नयाँ राजनीति शक्ति । सार थियो देश र दुनियाँको बन्दोबस्त मिलाउको लागि सरकारमा गएका दल र नेताहरु, अनेक राजनीति नियुक्ति पाएकाहरु सबै आ आफ्नो नीजि बन्दोबस्त मिलाउन लागेका छन रुपका अनेक आवरणका सारका बन्दोबस्तवादीहरु । र यी बन्दोबस्तवादीको विकल्पमा नयाँ राजनीति शक्तिको खाँचो छ  मुलुकमा भनेर । आफू त्यसबेला एमालेको तर्फबाट जिविस सभापतिमा कार्यरथ भएको अवस्थामा आएको लेख थियो ।  बाबुराम समेतको माओवादी नयाँ शक्ति हो कि जस्तो लागेको थियो । तर त्यो पनि राजनीति कम विकृति बढिको शक्ति भएर आयो । क्रान्तिकारी कम्युनिष्ट आवरणमा नेपाललामा भारतीयकरण इसाईकरणका भित्री एजेण्डा थिए सारमा । नेपालीको सार्वजनिक प्रतिकृया जाँच्न नेपाल मर्जर हुन्छ समेत भन्न बाँकी राखेनन बाबुरामले । नेपालका त्रिभुवन एरपोर्ट लगायत सबै झण्डै सबै भारतलाई बुझाइ सकेका थिए यी बाबुरामले प्रधानमन्त्री भएका बेला। बाबुराम यसमा सफल भएका थिए भने नेपाल नाकावन्दीमा मात्र होइन कि आकासवन्दीमा पनि परेको हुने थियो।
 
भ्रममा पर्नु हुदैन बाबुरामको नयाँ शक्तिको आवरणमा। यो पनि नयाँशक्तिको नाममा नेपालशक्तिलाई कमजोर पार्ने अको डिजाइन नै हो। बाबुराम सुरु देखि नै कम्युनिष्ट थिएनन्। कम्युनिष्टको आवरणमा भारतीय स्वार्थ र पश्चिमा स्वार्थका सेवक मात्र थिए । एकतिर बाबुरामले नेपाली जनतालाई मूर्ख बनाउन जनमोर्चाको नामबाट पेश गरेका ४० बुँदे मागमा अघिल्ला मागहरु भारत विरोधी देखिन्थे। यो पनि उनको भारतीय विस्तारवाद विरोधीको आवरण मात्र थियो । एकतिर यस्ता माग माग्ने अनि अर्कोतिर भारतको गुप्तचर संस्था रअ संग गुप्त सम्बन्ध बनाउने र उसैको साथ सहयोगमा भारतीय स्वार्थलाई नेपालमा जहिल्यै सम्मान गर्छौं भनेर भारतका प्रधानमन्त्री अटल विहारी वाजपेयीलाई लिखित पत्र चढाउने कस्ता क्रान्तकारी हुन् बाबुराम प्रचण्डहरु रु हामीले नेपालको हितमा र नेपाली क्रान्तिको पक्षमा नै यस्तो पत्र वाजपेयीलाई दिएका थियौ भनेर त्यसको फोटोकपी सार्वजनिक गर्न सक्छन् नेपाली जनता सामु।
 
बाबुरामले कथित जनयुद्घमा ज्यू ज्यान दिने लडाकुको वलिदानलाई धोका दिएको देखिए पनि वास्तवमा धोका दिएको होइन । उनले ठगेका चाहि हुन् । उनले का्रन्तिकारी कम्युनिष्ट भइ टापलेका थिए । समाजवाद र साम्यवादको नक्कली सपना साँटेका थिए लडाकाको विश्वास, बन्दुक र वलिदानसंग । बाबुरामले उनको सक्कली विश्वास अनुसारको कुरा हामी बढिमा भारतको जस्तै गणतन्त्रको लागि मात्र लडेका भनेका थिए भने त लडाकाहरु बन्दुक उठाउन तयार हुन्थेनन् । बाबुरामले त उनीहरु माथि ठगि राजनीति गरेका थिए । साम्यवादको सपनाको ठगि राजनीति । भारतीय गुप्तचर संस्था रअसंग मेरो बलियो र गुप्त सम्बन्ध छ भनेर बाबुरामले साँचो कुरा भनेका थिए भने पनि उनको साम्यवादको नक्कली सपना विक्ने थिएन । त्यसैलै उनले साम्यवादीको आवरणमा नेपाली राजनीतिलाई ठगिरहे । मौका पाउनासाथ उनले घोषणा गरिदिए नेपालमा गणतन्त्र आएकोले क्रान्ति सकियो नयाँ जनवादी क्रान्ति पनि सम्पन्न भै सक्यो । यो चाहिँ सक्कली बाबुरामको अभिव्यक्ति थियो । बाबुराम सुरु देखि नै कम्युनिष्ट थिएनन् । कम्युनिष्टको आवरणमा कसैको सेवक मात्र थिए।
 
वारी पारीको नाटक पनि गजवकै थियो । एकतिर बाबुराम १९५० को नेपाल भारतको असमान सन्धी खारेज गर, भारतीय हिन्दी सिनेमा बन्द गर, नेपालमा भारतीय गाडी बन्द गर जस्ता माग राखेर आफूलाई एक नम्बरको भारतीय विस्तारवाद विरोधी देशभक्त योद्घाको नाटक मन्चन गरेर भारतको काखमा गुप्तवास बसेका थिए क्रान्तिकारी माओवादी  कम्युनिष्ट नेताको आवरणमा । उता तालिम आश्रय र हतियार दाता भारतले भने नेपालका माओवादीहरु आतंककारी हुन् भने घोषणा गरिदिएको थियो । भारतको पनि यो आवरणले माओवादीलाई गरेको सहयोग वा उ संगको गुप्त संम्बन्धलाई ढाकछोप गर्नु थियो । दुवैतिरका आवरणवादीको मकसत एउटै थियो नेपालमा नेपालशक्ति र नेपाली स्वार्थकोशक्ति कमजोर पार्नु र इन्डो ओएस्ट शक्ति र त्यो शक्तिको स्वार्थ बलियो  पार्नु।
 
 बाबुरामहरुले एउटा ठेक्का लिएका थिए। नेपालमा जातीय र क्षेत्रीय विभाजनलाई स्थाई र दीर्घकालिन बनाउनु। जसले नेपाल शक्तिलाई कमजोर बनाइरहन काम गरिरहोस् । नेपालशक्तिको आधार नेपाल एकिकरणका नायक र त्यसको उत्तराधिकारी वंश र त्यसलाई बल पुर्‍याउने हिन्दु अधिराज्यको भत्काएर धर्म निरपेक्ष राज्यको आधार तयार गर्नु। यसलाई व्यवहारमा रुपान्तरण गर्न सबभन्दा सजिलो माध्यम कम्युनिष्ट क्रान्तिकारी आवरण नै सवभन्दा उपयुक्त हुन्थ्यो। त्यही क्रान्तिकारी माओवादी आवरणले नेपाललाई जातीय कित्तामा विभाजन गर्ने जातीय द्वन्द बढाउने नीति बढाउन थाल्यो नेपाल भरि जताततै। हिन्दु मठ मन्दिर तथा त्यसको दार्शनिक आधार भएका संस्कृत साहित्य तथा विद्यालय माथि आक्रमण बढाउने काम पनि माथि भनिएको लिएको ठेक्काको कार्यान्वयनको पाटो थियो।
 
 नेपाल शक्तिको प्रतिनिधि सौर्यका नायक जसले अंग्रेजशक्तिलाई समेत पराजित गरेर नेपाल एकिकरणलाई अघि बढाएका थिए पृथ्वीनारायण शाह र उनको योगदानलाई प्रहार नगरि नेपालशक्ति कमजोर हुने थिएन । त्यसैले उनीहरुले सामान्ति राजाको नाममा, नेपालमा भएका सबै उत्पिडनको नायकको नाममा जे भन्दा हुन्छ नेपालशक्तिलाई भत्काउन पृथ्वीनारायण माथि आफ्नो प्रहार केन्द्रीत गरे । एकतिर नेपालको जरोलाई प्रहार गर्ने अकौतिर उसैको लहरो समातेर आफू बलियो हुने दोहोरो नीति पनि लिएका थिए प्रचण्ड बाबुराम शक्तिले । राजालाई तथा दरवारलाई आफूहरु भारतीय विस्तारवाद विरोधी नेपाली राष्ट्रियतालाई बलियो बनाउनको लागि लडेका देशभक्त शक्ति भनेर साँठगाँठ गरेका थिए भ्रम दिएका थिए आफ्नो नक्कली आवरण वा खोलले । राजा वा दरवार पनि विदेशी स्वार्थ र षडयन्त्र प्रति सचेत पनि भएन गहिरो विश्लेषण पनि गरेन र संवैधानिक राजतन्त्रको भूमिकाप्रति इमान्दार पनि भएन। माओवादी मार्फत आफ्नो गुमेको शक्ति फिर्छ कि भनेर माओवादी मार्फत विदेशी पासोमा परेको पत्तै पाएन । आफ्नो अलोकप्रियताको समेत हेक्का नराखी सबैसंग जुध्ने मूर्खता देखाउदै प्रचण्ड बाबुराम मार्फत विदेशीले विछ्याएको पासोमा परे सजिले राजा ज्ञानेन्द्र त झन।
 
नेपालमा छूवाछूत वाहेक जातीय भेदभाव र उत्पिडन अतिरन्जन हो । राज्यले जातीय उत्पिडन गरेको थियो भने त उत्पिडित जातिहरु नेपाली मूलका भुटानी वा अरु मुलुकका शरणार्थी जस्तै आ आफ्नो थात थलो छोडेर भाग्ने थिए। नेपालमा यस्तो उदाहरण छैन। वरु नेपालमा राम्रो हुन्छ भनेर भारत वर्मा आदिबाट धेरै जनजातिहरुले नेपालमा आएर नेपाली नागरिकता लिएर नेपालमा राष्ट्रिय व्याक्तित्व बनाएको उदाहरण पाइन्छ । त्यसरी नै भारतका विहार तथा उत्तर प्रदेश, राजस्थान आदि बाट समेत आएर लामो समय नेपालमा पेशा व्यवसाय गरेर नेपाली नागरिक भएर नेपालको आर्थिक तथा राजनीति सत्तामा रहेर आफ्नो सहभागिता जाहेर गरेका छन्। नेपालको समस्या आर्थिक समृद्घिको समस्या बाहेक अरु सबै समस्या प्रायोजित र अतिरन्जनकृत हुन्।
 
कुनै पनि मुलुकको स्वतन्त्रता र सम्पति खोस्नु छ वा आफ्नो स्वर्थको खेति गर्नुछ भने पश्चिमा शक्तिहरुले जहिल्यै र जहाँ पनि जातीय वा धार्मीक द्वन्दको आगो झासिदिन्छन् त्यो मुलुकमा । नेपालमा इन्डो वोएस्ट स्वार्थका प्रतिनिधि पात्र बाबुराम प्रचण्ड नै हुन् । त्यसका अनुमोदनकर्ता १२ बुदेका हस्ताक्षरकर्ता सबै दलहरु हुन् । माओवादी मात्र होइन एमाले हुनुभन्दा पहिलाको तत्कालिन मालेको पोलिट व्यूरोको मिटिंमा एकजना नेताले भारतीय सेनाको सहयोगमा नेपालमा गणतन्त्र स्थापना गरौं भारतले सैना पठाइदिन्छु भनेको छ सिविल ड्रेसमा भनेर प्रस्ताव राखेका थिए । मदन भण्डारीले छलफलै चलाउन दिएनछन् ।  यो २०४६ सालको आन्दोलन तिरको कुरो थियो भन्ने विवरण एक राष्ट्रिय दैनिकमा ति नेताको नाम सहित लेख छापिएको थियो ।  अनुमान गर्नु होस् कम्युनिष्टको आवरणमा राष्ट्रद्रोहीमा दरिनेमा बाबुराम एकला भने होइनन्। यस्तो घातक प्रवृति धेरै अघिदेखि थियो।
 
आफ्नो पार्टीमा सबै जातिका समान पहुँच र उपस्थिति भएको र राज्यमा पनि त्यस्तै बनाउने कुरा गर्ने छट्टु भट्टराई बाजे कुनै दलित वा मधसी वा जनजातिलाई नेतृत्व सुम्पन त तयार छैनन्। उनी कुन नस्लका हुन् रु राजनीति दल विचारको आधारमा हुने हो कि जातको आधारमा रु जातको आधारमा हो भने किन चाहियो नयाँ शक्ति र अरु दलहरु। नेपालमा भएका जातै पिछेका राजनीति दल बनाए भएन रु नेपालशक्तिलाई ध्वस्त बनाउने अनेक आवरणका वाह्य स्वार्थका अनेक खेतालाहरुका खेलबाट नेपाली जनताहरु सचेत भएर बच्न सक्यौं भने मात्र नेपाल बच्न सक्छ। सबैमा चेतना भया।

सम्बन्धित समाचार

नयाँ