arrow

इस्तानबुल आक्रमणमा सात प्रहरीसहित एघारको मृत्यु

logo
प्रकाशित २०७३ जेठ २६ बुधबार
istanbul-bus-bomb.jpg.jpeg
इस्तानबुल । इस्तानबुलको मध्यभागमा अवस्थित बेयाजित क्षेत्रमा अज्ञात समूहद्वारा मङ्गलबार गराइएको बम विस्फोटमा कम्तिमा सात प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको छ । 
 
पर्यटकीय क्षेत्र नजिकै गरिएको उक्त आक्रमणमा ३६ जना घाइते भएको बताइएको छ । घाइते हुनेमा प्रहरी वा सामान्य नागरिक को हुन् भन्नेबारे खुलाइएको छैन । 
 
घटनाको समाचार तयार पार्ने बेलासम्म कुनै समूहले जिम्मेवारी लिइसकेको छैन । 
 
कुर्दिस्तान पार्टीको संलग्नता दावी 
 
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले घटनामा प्रतिबन्धित कुर्दिस्तान पार्टीको संलग्नता रहेको दाबी गरेका छन् । उनले कुर्दिस्तान विद्रोहीका यस्ता आक्रमण नयाँ नभएको भन्दै यसबाट सरकार नतर्सिने बरू अझ सशक्तरुपमा प्रतिरोधमा आउने घटनापछि अस्पतालमा उपचारारत् घाइते तथा उनीहरुका आफन्तसँगको भेटमा बताए । 
 
यसैबीच टर्कीको प्रहरीले मङ्गलबारको विस्फोट योजनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको राज्य सञ्चालित एनोटोलिया न्युज एजेन्सीले प्रहरीलाई उद्धृत गर्दै जनाएको छ । पक्राउ परेका आरोपितबारे थप जानकारी नदिइकनै उनीहरुलाई इस्तानबुलस्थित प्रहरी मुख्यालयमा अनुसन्धानका लागि लगेको एनाटोलियाले बताएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ