arrow

काठमाडौ जिल्ला बारमा चुनावी चटारो, लोकतन्त्रवादीबीच मुख्य प्रतिस्पर्धा हुँदै

logo
प्रकाशित २०७३ जेठ २६ बुधबार
baar.jpg.jpeg
काठमाडौ । काठमाडौ जिल्ला अदालत बार एसोसिएसनलाई चुनावी  चटारोले छोपेको छ । आगामी जेठ २९ गते शनिबार हुन गइरहेको निर्वाचनका लागि तीनवटा प्यानल मैदानमा उत्रिएका छन् ।  कानुन व्यवसायीहरु काठमाडौ बार नेतृत्वमा आ–आफ्ना पक्षका उम्मेदवारलाई जिताउने कसरतमा लागेका छन् । 
 
करिब २ हजार ४ सय ४४ मतदाता रहेको काठमाडौ बार चुनावमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डि.एल.ए नेपाल) काठमाडौबाट  अधिवक्ता लक्ष्मण थपलियाको नेतृत्वको समुहले आफ्नो प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएको छ । 
 
२०६९ जेठ ६ गतेको निर्वाचनद्धारा कृष्णप्रसाद पनेरुको अध्यक्षतामा गठित काठमाडौ डि.एल.ए.को कार्यसमितिले काठमाडौ जिल्ला अदालत बार एसोसिएसनको कार्यसमितिको निर्वाचनको  लागि उम्मेदवार छनोट समिति गठन गरेको थियो । 
 
सो समितिले सिफारिस गरेको डि.एल.ए.का आधिकारिक उम्मेदवार थपलिया प्यानल भएको दाबी गरिएको छ । काठमाडौं जिल्लामा विगतदेखि नै लोकतन्त्रवादीबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा  कानुन व्यवसायीमा चुनावी माहौल दिनदिनै बढ्दै गएको छ । चुनावी प्रतिस्पर्धाका लागि  अधिवक्ता लक्ष्मण थपलियाको प्यानल र  अधिवक्ता तेजबहादुर रावल दुवैले छुट्टा छुट्टै प्यानल सार्वजनिक गरिसकेका छन् । 
 
को को भिड्दै छन?
 
लोकतन्त्रवादीहरु बिच हुने चुनावी प्रतिस्पर्धामा तीन समुह देखिए पनि  अधिवक्ता लक्ष्मण थपलियाको प्यानल र  अधिवक्ता तेजबहादुर रावल बिच भिडन्त हुने देखिएको छ । विगत २३ बर्ष देखि  कानुन व्यवसायीको रुपमा काम गर्दै आएका थपलिया काठमाडौ बारको सदस्य र सचिवको जिम्मेवारी समेत पुरा गरिसकेका छन् ।  कानुन व्यवसायी माझ लोकप्रिय  मानिन्छन थपलिया ।  थपलिया प्रतिद्धन्दी  उम्मेदवार रावल र रमेश राज सिग्देल भन्दा निकै अगाडी रहेको कानुन व्यवसायिहरुको भनाई छ । 
 
अधिवक्ता थपलियाको नेतृत्वमा पदाधिकारी तर्फ उपाध्यक्ष अधिवक्ता मदन रेग्मी , सचिव अधिवक्ता छविरमण निरौला, सहसचिव अधिवक्ता रञ्जिता कार्की र कोषाध्यक्ष अधिवक्ता जगन्नाथ श्रेष्ठ रहेका छन् ।
 
 यस्तै महिला दुई सदस्य तर्फ क्रमश अधिवक्ता प्रमिला कायस्थ र अधिवक्ता हिरामाया अवाल छन् । त्यस्तै सदस्यहरुमा खुल्ला तर्फ अधिवक्ता हरिहर शिलवाल, अधिवक्ता रामचन्द्र ओझा, अधिवक्ता धुव्रराज शर्मा , अधिवक्ता गोकुल भण्डारी, अधिवक्ता पुष्पराज पाण्डेय, अधिवक्ता अमर बहादुर बस्नेत, अधिवक्ता  गंगा प्रसाई, अधिवक्ता दिव्यराज घिमिरे, अधिवक्ता जयराम श्रेष्ठ , अधिवक्ता माधव दुलाल, अधिवक्ता कुन्दन कुमार झा र अधिवक्ता गंगाराम खनाल रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ