arrow

४० बर्ष पछि ८ सेन्टिमिटर बढे चिनियाँ बालबालिका

logo
प्रकाशित २०७३ जेठ २७ बिहिबार
chiness-children.jpg.jpeg
बेइजिङ । चीनका बालबालिकाको उचाइमा विगतमा भन्दा औसत उचाइ बढेको सरकारद्वारा गरेको सर्वेक्षणले देखाएको बुधबार सार्वजनिक गरिएको छ । 
 
चिनियाँ बालबालिका चार दशकअघिको तुलनामा अग्ला र बलिया पाइएको जनाउँदै अध्ययन प्रतिवेदनमा चिनियाँ पाँच वर्षका बालबालिकाको औसत उचाइमा आठ सेन्टिमिटर बढी पाइएको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले बताएको हो । 
 
आयोगले अध्ययनका क्रममा चीनका विभिन्न नौ सहर तथा नगर परिसरका सात वर्षमुनिका एक लाख ६१ हजार ७७४ स्वस्थ बालबालिकाको सन् २०१५ मा अध्ययन गरेको थियो । चिनियाँ सरकारले सन् १९७५ पछि प्रत्येक १० वर्षमा यस किसिमको अध्ययन गर्दै आएको छ । 
 
अध्ययनले पाँचदेखि साढेपाँच वर्ष उमेर समूहका केटाहरुको औसत उचाइ ११३.६ सेन्टिमिटर भएको देखाएको छ । जुन सन् १९७५ को सोही समूहका बालकको उचाइको तुलनामा आठ सेन्टिमिटर बढी हो । यो उचाइ सन् २०१५ को तुलनामा १.७ सेन्टिमिटर बढी हो । 
 
त्यसैगरी सोही उमेर समूहका केटीहरुको औसत उचाइ ११२.५ सेन्टिमिटर अर्थात् सन् १९७५ मा बालिकाको औसत उचाइभन्दा ८.२ सेन्टिमिटर बढी पाइएको आयोगले जनाएको छ । बालिकाको उचाइ १० वर्ष पहिलेको तुलनामा १.८ सेन्टिमिटर बढी भएको पाइएको छ । 
 
चार दशकअघिको तुलनामा उक्त उमेर समूहका बालबालिकाको तौल पनि केटा र केटीमा क्रमशः ३.७ देखि ३.२८ किलोग्राम बढी पाइएको बताइएको छ । पछिल्लो सर्वेक्षणले विशव स्वास्थ्य सङ्गठन (डब्लूएचओ) द्वारा निर्धारण गरेको बालबालिकाको वृद्धि विकासको मापदण्डलाई पूरा गर्न सफल भएको पाइएको छ । 
 
चिनियाँ ग्रामीण तथा सहरी बालकालिकाको उचाइ र तौलको अन्तरमा पनि पछिल्लो समयमा कमीआएको छ । सन् १९७५ मा सहरी क्षेत्रका बालबालिका ग्रामीण इलाकाका केटाकेटीको तुलनामा चार सेन्टिमिटर बढी अग्ला भएको पाइए पनि सन् २०१५ को अन्त्यसम्म आइपुग्दा यो अन्तर ०.६ सेन्टिमिटरमा झरको हो ।सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ