arrow

सुलतानलाई बुडापेस्टमा छोडेर विराटको घरमा अनुष्का

logo
प्रकाशित २०७३ जेठ २८ शुक्रबार
salman-anushka-759.jpg.jpeg
एजेन्सी । अनुष्का विराटसँग विवाह गर्न तयार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । टीम इन्डियाका कप्तान विराट कोहली र बलिउड अभिनेत्री  अनुष्का शर्मा चाडै विवाह बन्धनमा बाधिने दावि पनि सञ्चारमाध्यमले गरेका हुन्  । विवाहकै बिषयलाई लिएर अनुष्का बुडापेस्टबाट दिल्ली पुगेकी हुन् ।
 
 बुडापेस्टमा अनुष्का र सलमान अभिनित चलचित्र सुल्तानको फाइनल सुटिङ चलिरहेको थियो ।  उनि सुटिङ समाप्त हुने वितिकै विराटको आमा वुवालाई भेट्न दिल्ली गइन् ।
अनुष्काले विराटको आमासँग लामो समय बितउनका साथै  विराटसँग घुम्न निसकिइन्  । केहि दिन पहिले अनुष्कालाई बिमानस्थल छोड्न विराट कोहोली पुगेका थिए । सो समय दुवैले अंगालोका साथै चुम्बन गरेका थिए । सोहि समय देखि विराट र अनुष्का विवाहको  चर्चा सुरु भएको हो ।
 
सुल्तानकी हिरोइन बनेपछि अनुष्का नम्बर १  अभिनेत्री भएकी छन् । अर्को तर्फ विराट पनि क्रिकेटमा सफल रहेका छन् ।विवाहको बिषयमा  अनुष्का  विराटको कुनै अधिकारीक  जानकारी भने दिएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ