arrow

आइतबार पार्टी घोषणा गर्दै नयाँशक्ति

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
naya-sakti.jpg.jpeg
काठमाडौँ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले आइतबार एक समारोहबीच दशरथ रङ्गशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्नेभएको छ।
 
आइतबार खुल्लासत्र सञ्चालन हुनेछ भने सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र चल्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । बन्दसत्रले पार्टीका थप पदाधिकारीको समेत टुङ्गो लगाउने छ।
 
पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति गठन गरिएको छ।
 
घोषणा समारोहमा ७५ जिल्लाबाटै प्रतिनिधिले सहभागिता जनाउने र विदेशबाट समेत प्रतिनिधि आउने उनले जानकारी दिए।
 
प्रधानमन्त्री केपी ओलीसहित नेपालका क्रियाशील सबै दल, नेपालस्थित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको उक्त पार्टीले जनाएको छ।
 
घोषणा सभामा शुभकामना दिन भारतीय नेता केसी त्यागी, डिपी त्रिपाठी, वामपन्थी पत्रकार आनन्दस्वरुप वर्मालगायत काठमाडौँ आइपुगेको देवकोटाले जानकारी दिए।
 
कुपोन्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट सुरु हुने जुलुस अपराह्न १२ बजेभित्र रङ्गाशालामा प्रवेश गरिसक्नेछन्। जुलुसका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ नहोस भनी पैदलमार्गको बाटोबाट जुलुस सञ्चालन गरिने प्रवक्ता देवकोटाले बताए।
 
‘प्रदर्शनमा आउनेमध्ये एकहजार ५०० प्रतिनिधिलाई बिरर्‍यानी खुवाउने नयाँशैली अपनाइने सो पार्टीले जनाएको छ।‘अबको निकास आर्थिक विकास’ भन्ने नारासहित एक लाखभन्दा बढीलाई एकैपटक संस्थापक सदस्य बनाउने तयारी सो पार्टीले गरेको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ