arrow

मधेसमा थपियो नयाँ मोर्चा

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
863014016.jpeg
काठमाडौं । झण्डै सय दिनदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसमा आन्दोलन गरिरहँदा सोही आन्दोलनलाई सहयोग गर्न चार वटा मधेशवादी दलहरुले नयाँ मोर्चा गठन गरेका छन्।

जनकपुरमा शनिवार पत्रकार सम्मेलन गर्दै समावेशी मधेसी संगठन नामक नयाँ मोर्चा गठन गरिएको जानकारी दिएका हुन् । जेपी गुप्ताले नेतृत्व गरेको मोर्चामा शरदसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा छन् । सरकार र सत्तारुढ दलहरुले मधेश आन्दोलनले उठाएका माग सम्बोधन गर्न गम्भिरता नदेखाएकाले गठबन्धन गठन गरेको चार दलका नेताले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ