arrow

ताक्लाकोट नाका खोल्न पहल

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
511653613.jpeg
धनगढी । उपप्रधानमन्त्री भीमबहादुर रावलले चीनसँगको व्यापार सहज बनाउन सुदूरपश्चिमको ताक्लाकोट (बझाङ) नाका खोल्नका लागि आफूले पहल गरिरहेको बताएका छन् । 

कैलाली उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग शनिवार यहाँ भएको छलफलमा उनले सुदूरपश्चिमको अर्को नाका दार्चुलाको टिङ्कर खोल्नका लागि समेत पहल गरिने बताए । राष्ट्रिय एकता सार्वभौमिकता र अखण्डतालाई कमजोर पार्ने गरी नाकाबन्दी गरिएको नाकाबन्दी चाँडै खुल्ने विश्वास रक्षामन्त्री रावलले व्यक्त गरे । 

सो अवसरमा सङ्घका तर्फबाट अध्यक्ष शङ्कर बोगटीले सुदूरपश्चिमको विकाससम्बन्धी ११ बुँदे ज्ञापनपत्र नेता रावलसमक्ष पेस गरे । ज्ञापनपत्रमा सुदूरपश्चिमलाई विशेष आर्थिक क्षेत्र बनाउनुपर्ने, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्नुपर्ने, खुटिया–दिपायल सडक, सेती लोकमार्ग, सुदूरपश्चिमका पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक निर्माण, गौरीफन्टा नाकामा क्वारेन्टाइन जाँचचौकी स्थापनालगायत माग समावेश छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ