arrow

अमेरिका जाने पाँच खेलाडीको टुंगो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
399292194.jpeg
काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा हुने ११ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) का लागि नेपालबाट ५ खेलाडी छनोट भएका छन् ।मैत्री तेक्वान्दो डोजाङ, सगरमाथा तेक्वान्दो डोजाङ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ), नेपालले संयुक्त रुपमा संचालन गरेको प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको ग्रान्ड फिनालेमा पहिलो भएका ३ पुरुष र २ महिला गरी ५ खेलाडी अर्को वर्ष (२०१६) को अक्टोबरमा हुने आइओएफटीसीका लागि छनोट भएका हुन् ।
 
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको पुरुष ८० केजीमुनी रोजिन सिंह, ७८ केजीमुनी प्रेमबहादुर नेपाली तथा ५८ केजीमुनी माधव तिमिल्सिना छनोट भए । ग्रान्ड फिनालेमा रोजिनले रोशन तामाङ, प्रेमले अशोक सारु मगर र माधवले राजेश चौधरीलाई पराजित गरे ।
 
त्यस्तै, महिला ४९ केजीमा पार्वती मगर र ५७ केजीमा रञ्जना थापा छानिए । ग्रान्ड फिनालेमा पार्वतीले निशा दर्नाल र रञ्जनाले सोनी घलानलाई हराए ।पुरुषमा माधव तिमिल्सिना र महिलामा रञ्जना थापा उत्कृष्ट खेलाडी चुनिदै समान १५–१५ हजार पुरस्कार पाए । बाबुराजा ब्यञ्जन्कार उत्कृष्ट प्रशिक्षक घोषित भए । उनले १० हजार नगद पुरस्कार हात पारे । ग्रान्ड फिनालेको प्रत्येक तौलसमूहमा उपविजेता बनेका रोशन, अशोक, राजेश, निशा र सोनीले समान १०–१० हजार पुरस्कार जिते । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ