arrow

आइसिटी अवार्डः दश कम्पनीको प्रतिस्पर्धा

logo
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
ICT-awarded.jpg.jpeg
काठमाडौ। नेपालमै पहिलो पटक लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘आइसिटी स्टार्टअप अवार्ड– २०१६’ को अन्तिम चरणमा १० कम्पनी छनोटमा परेका छन्।
 
पन्ध्र कम्पनीको प्रस्तुति र अन्तर्वार्तापछि निर्णायक मण्डलले उत्कृष्ट १० कम्पनीलाई छनोटमा परेको आइसिटीका प्रबन्ध निर्देशक राजन लम्सालले जानकारी दिए। सूचना प्रविधिमा युवालाई लाग्न प्रोत्साहन गर्ने उद्देश्यले आइसिटी अवार्ड दिन थालिएको हो। छनोट भएकामध्ये आगामी असार ८ गते हुने आइसिटीको वार्षिक उत्सवमा चार कम्पनीलाई छनोट गरिने छ।
 
आइसिटी स्टार्टअप अवार्डमा उत्कृष्ट १० मा अटाउन सफल कम्पनीमा एमिनेन्स वेज, गुर्खा टेक प्रालि, आइटेक नेपाल प्रालि, कुल टेक्नो ल्याब, फुन्का टेक्नोलोजिज, सस्तो डिल प्रालि, स्मार्ट समाज, ह्वाइट स्पेस प्रालि र यल्लो नेपाल रहेका छन्।
 
दशमध्ये अन्तिम चार कम्पनी छनोटको आधार अनलाइन तथा एसएमएस मतलाई बनाइएको छ। उत्कृष्ट १० मा पर्न सफल कम्पनीले आजदेखि अनलाइन र एसएमएस मत माग्न सक्नेछन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ