arrow

मेसीको बार्सिलोनाको भारी जित, रोनाल्डो चुके

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1222763373.jpeg
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले रियाल मड्रिडलाई ४–० को फराकिलो अन्तरले हराएको छ । शनिबार राति रियालको मैदान सान्टियागो स्थित बर्नव्यउमा भएको खेलमा बार्सिलोना विजयी भएको हो । बार्सिलोनालाई विजयी गराउन लुइस सुआरेजले दुई तथा नेमार र एन्ड्रेस आइनिस्टाले एक–एक गोल गरे । 
 
बार्साका मुख्य फरवार्ड लियोनल मेसी चोटले खेलमा फर्किन नसकिरहेको अवस्थामा टोलीको जिम्मा नेमार र सुआरेजले लिइरहेका छन् । उनीहरुले बार्सालाई अग्रता दिलाईरहेका छन् । पेरिस आक्रमणपछि असुरक्षित रहेको युरोपियन फुटबललाई कडा सुरक्षामा राख्ने क्रममा शनिबार पनि बर्नव्यउमा कडा सुरक्षा घेरामा खेल भएको थियो । 
 
उता, स्टार खेलाडीहरुले भरिएको क्रिश्चियानो रोनाल्डोको रियाल मड्रिडले शीर्ष स्थानमा जाने सपना पुरा गर्न सकेन । आक्रामक खेल पस्के पनि रोनाल्डोको टोलीले गोल गर्न सकेन । ८४औं मिनेमा रियालका इस्कोले रातो कार्ड पाएपछि टोली १० जनामा सिमित भयो । त्यस अघि ३ खेलाडीले पहेलो कार्ड खाए । जित पछि बार्सा रियाल भन्दा ६ अंक अघि बढेको छ । 
 
अन्य खेलमा रियाल सोसिडाडले सेभियालाई, स्पानियोलले मालागालाई र डेपोर्टीभो लाकोरुनालाले सेल्टा भिगोलाई २–० ले हराए । भ्यालेन्सिया र लस पल्मसले भने एक–एकको बराबरी खेले । योसंगै बार्सिलोना १२ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ । समान खेलबाट २४ अंक जोडेको रियाल दोस्रो तथा २३ अंकको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ । चौथो स्थानको सेल्टा भिगोको २१ अंक छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ