arrow

प्रिमियर लिग : लेस्टर सिटी शीर्ष स्थानमा, म्यान्चेस्टर सिटी पछारियो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
822441178.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको अग्रतामा पूर्णविराम लागेको छ । शनिबार भएको खेलमा म्यान्सिटी लिभरपुलसंग ४–१ ले पराजित भएपछि अग्रतामा पूर्णविराम लागेको हो । यो हारले सिटी दुई स्थान पछि परेको छ । खेलमा लिभरपुललाई विजयी गराउन फिलिप कौटिन्हो, रोबर्टो फर्मीनो र लुकास लिभाले एक–एक गोल गरे ।
 
सिटीका मांगालाले आत्माघाती गोल गर्दा सर्जियो अगुएरोले सान्तोना गोल फर्काए । उता, न्यूकासल युनाइटेडलाई ३–० ले हराँउदै लेष्टर सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । जितसँगै लेष्टर सिटी १३ खेलबाट २८ अंकको साथ तालिकाको शिर्ष स्थानमा उक्लदाँ  समान खेलबाट २७ अंक जोडेको म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा उक्लिएको छ । समान २६–२६ अंक जोडेका म्यान्चेस्टर सिटी र आर्सनल क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
 
यस्तै, तीन दशककै खराब फर्ममा रहेको चेल्सी विजयी हुँदा म्यान्चेस्टर सिटी र आर्सनल पराजित भए । यो सिजनकै खराब प्रदर्शन गरीरहेको चेल्सीले शनिबार आफ्नै मैदानमा नर्वीच सिटीलाई १–० ले हरायो । चेल्सीका लागि डिएगो कोष्टाले निर्णायक गोल गरेका हुन्  ।आर्सनललाई वेष्ट ब्रोमविच आल्बियनले २–१ ले हरायो । वेष्ट ब्रोमका मोरीसनले एक गोल गर्दा आर्सनलकै मिकेल अर्टेटाले आत्माघाती गोल गरे । यसअघि आर्सनलका ओलिभर जिरुले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
 
२–१ ले पछि परेको अवस्थामा पाएको पेनाल्टीलाई सान्टी काजोर्लाले गोलमा बदल्न नसक्दा आर्सनल पराजित भयो । लिगका अन्य खेलमा एभर्टनले एस्टन भिल्लालाई ४–० ले हराउँदा स्टोक सिटीले साउथह्याम्पटनलाई १–० ले पराजित गरेको छ । स्वान्सी सिटी र एएफसी बर्नमाउथ भने २–२ को बराबरीमा रोकिए । यी खेलपछि प्रिमिरयर लिग फेरि रोमाञ्चक मोडमा पुगेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ