arrow

सलमान खान बिरुद्ध बलत्कारको उजुरी

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
salmansrapess.jpg.jpeg
एजेन्सी ।  रियालिटी शो 'बिग बोस' र मोडलिंगबाट चर्चामा आएकी पूजा मिश्रा पुन  विवादमा परेकी छन् । पूजाले  बलिउड  दंबग स्टार सलमान खान र शत्रुघन सिंहा माथि  बलत्कारको आरोप लगाएकी छन् । पूजाले यो भन्दा पहिले पनि टिभि  शो 'अभी तो पार्टी शुरू हुई हे' का क्यामरा म्यान माथि  रेपको आरोप लगाएकी थिइन् ।
 
भारतिय सञ्चारमाध्यमका अनुसार  पूजाले सलमान र शत्रुघ्न सिन्हा बिरुद्ध एफआइआर दर्ता गराएकी छन् । जुन एफआइआरको कपी सामाजिक सञ्जालमा निकै सेयर भएको छ । सलमान र शत्रुघ्नले उनलाई शो 'अभी तो पार्टी शुरू हुई हे' को सुटिङको क्रमममा रेप गरेको उनको आरोप छ ।
 
उनले फेसबुकमा लेखेकी छन्  - मलाई रेप गरेको आरोपमा सलमान खान, उनको परिवार साथै शत्रुघ्न सिन्हा र उनको परिवार बिरुद्ध एफआईआर दर्ता गरेकी छु ।  रेपको घटना दिल्लीमा भएको हो , जब म टिभि शो ‘अभी तो पार्टी शुरू हुई हे’ को सुटपिङ गरिरहेकी थिए तब सो घटना भएको हो । 
 
पूजा मिश्राले  रेपको आरोप लगाएको यो पहिलो घटना भने होइन । उनले यो भन्दा पहिले पनि ईशा कोप्पिकरका श्रीमान् र सोनाक्षी सिन्हा बिरुद्ध बलत्कारको षड्यन्त्र गरेको आरोप लगाएकी थिइन् । केहि दिन पहिले पनि उनले प्रहरीमा सामूहिक रेपको उजुरी दर्ता गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ