arrow

के हुँदैछ काँग्रेसी प्राध्यापक भित्र ? मिल्ला त निर्वाचन अघि सहमति ?

logo
प्रकाशित २०७३ असार ४ शनिबार
logo-DEPAN.jpg.jpeg
काठमाडौं। काँग्रेसी प्रांध्यापक भित्रको विवाद छताछुल्ल भएर निर्वाचनको मिति समेत सरिसकेपछि पोखरामा गत २७ गते बसेको केन्द्रीय समितिको बैठकले तोकेको असार १० र ११ गतेको निर्वाचन तोकिएको समयमा होला कि नहोला भन्ने विषयमा अझै अन्योलता कायमै रहेको छ । दुईपटकबीच विवाद मिलाउने विषयमा छलफल भएको भएपनि विवाद अझै नमिल्दा अबको एक साता पछि हुने निर्वाचनप्रति नै आशंका गर्ने ठाउँ रहेको प्राध्यापकहरूले बताउने गरेका छन्। 
 
अध्यक्ष, महासचिव लगायतका १४ केन्द्रीय सदस्यहरूले निर्धारित मितिमा निर्वाचन गराउनु पर्ने पक्षमा वकालत गरेर निर्वाचनको लागि कार्यक्रम समेत तय गरेर अघि बढीरहेका छन् भने कोषध्यक्ष लगायतका बाँकी केन्द्रीय सदस्य निर्वाचनका केन्द्रीय प्र्रतिनिधिको बैधानिकता माथि प्रश्न उठाउँदै यस विषयमा छानविन गरेर मात्रै निर्वाचन गराउने पनि माग गर्दैआएका छन् । 
 
प्रजातान्त्रिक प्राध्यापक संघका महासचिव जगत तिमल्सिनाले असन्तुष्ट पक्षलाई मिलाउन सक्दो कसरत भईरहेको भन्दै असार १० र ११ गते जसरी पनि असन्तुष्टलाई मिलाएर निर्वाचन गरिने दाबी गरे । उनले भने ‘उहाँहरू पनि प्रतिनिधिहरूले छनोट गरेरै नेतृत्व चयन गर्नुपर्ने पक्षमा हुनुहुन्छ भने १० गतेसम्म यस विषयमा सहमति हुन्छ र उहाँहरूलाई पनि मिलाएर हामी निर्वाचनमा जान्छौं ।’ असन्तुष्टलाई मिलाउनको लागि आफूहहरूले हदैसम्मको लचकता अपनाएको पनि उनले प्रतिक्रिया दिए। 
 
उता, असन्तुष्ट पक्षले भने उक्त मितिमा निर्वाचन हुनै नसक्ने दाबी गर्दै आएको छ। निर्वाचन हुनै पर्ने पक्षमा आफूहरू पनि रहेको भन्दै संघका कोषाध्यक्ष डा. विष्णुप्रसाद पोखरेलले अहिले तोकिएको मितिमा नभएपनि केही दिन सारेर निर्वाचन भने हुनै पर्ने दाबी गरे । उनले बैठकमा पनि हामीले केन्द्रीय प्रतिनिधिको विवादलाई मुख्य विषय बनाएर प्रस्तुत गरेको जानकारी दिए।
 
उनले आफूहरुले भनेको केन्द्रीय प्रतिनिधि छनोटको विषयमा छानविन गरेपछि मात्रै महाधिवेशन हुनसक्ने पनि स्पष्ट पारे । उता, केही प्राध्यापकहरू भने यो निर्वाचन सरेको खण्डमा नेपाल विद्यार्थी संगठनको निर्वाचन तोकिएको साउनको तेस्रो साता तिरसम्म पुग्न सक्ने स्थिती पनि रहेको बताउने गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ