arrow

सांसदले झुक्याउँदा संसदमा हो हल्ला, छलफल प्रभावित

logo
प्रकाशित २०७३ असार ५ आइतबार
sansad-@@@.jpg.jpeg
काठमाडौं । संसद कार्यसन्चालन नियमावलीलाई निर्णयार्थ पेश गर्न खोज्दा संसदमा अन्योल भएपछि स्थगित भएको संसद बैठक संचालन भएको छ । व्यवस्थापिका संसदमा संसदको कार्यसन्चालन नियमावली मस्यौदाबारे परेका प्रस्ताव स्वीकृत गर्ने क्रममा सभामुखले निर्णणर्थ पेश गर्दा प्रमुख विपक्षी कांग्रेसका सांसद आनन्द ढुंगानाले झुक्किएका हुन् । ढुंगाना झुक्किएपछि संसदमा हो हल्ला भएपछि बैठक स्थगित गर्नु परेको थियो ।  
 
ढुंगानाले नियमावली मस्यौदाबारे हालेका दुई संशोधन प्रस्ताव मध्ये एउटा फिर्ता लिएपनि अर्को नलिने बताएपछि अन्योल सिर्जना भएको संसद सचिवालयका प्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिए । उनका अनुसार अन्योल भएपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो । उनले भने, ‘घण्टी बजि सक्यो बैठक आरम्भ भइसक्यो ।
 
संसदमा सत्तारुढ दल र विपक्षीविस संसदीय सुनुवाई विशेष समितिको संख्या कति बनाउने भन्नेमा मतभेद रहेपछि समस्या भएको हो । यसअघि सभामुखले सहमति जुटाउन दिएको पाँच दिनको समय सीमाभित्र दलहरुले सैद्धान्तिक सहमति गरेपनि अन्तिम टुंगो लगाउन नसक्दा नियमावलीमा मतदान गर्नु परेको हो । सभामुखले दिएको पाँच दिनको समय सीमा समेत आजै सकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ