arrow

डा साब र डाक्टर

logo
सुरेश गिरी,
प्रकाशित २०७३ असार ७ मंगलबार
suresh-giri.jpg.jpeg
बजारमा अहिले चलेका २ वटा नाम छन्। यौटा रंगशाला थर्काउने डा साब र अरु नक्कली प्रमाणपत्रधारी डाक्टर। यो संयोग नै भन्नु पर्ला बजारमा चलेका डा हरुले एक अर्कालाई राम्रैसँग माइलेज दिइराखेराका छन्। कुरा गरौ डा साबको। १५( १८ हजार नागरिकलाई वलिवेदीमा चढाएर सत्ताको स्वाद चाखी फेरी रंगशालाबाट डा साबले पुरानै शैलीमा ठुलो गर्जनका साथ देश बिकासको कुरा गर्नु भयो। तर डा साबले १ पटक म बाट बिगतमा गल्तिहरु भए भन्नसक्नु भएन। डा साबले आफ्नो कुनै लेखमा नयाँ शक्तिको बहस गर्दा अपूर्ण विचारहरुको बारेमा फेहरिस्त लेख्नु भएको थियो। तथाकथित जनयुद्धका क्रममा १५(१८ मान्छेलाई वलिवेदीमा चढाउने विचार पूर्ण थियो। त्यसैले रगंशालामा गर्जने बेला तपाइले विगतप्रति आत्मग्लानी व्यक्त गर्दै माफी माग्नु जरुरी ठान्नुभएन। 
 
हो तपाई जस्ता डा साबहरुको कारण ले गर्दा ५० लाख भन्दा बडी युवाले देश छोडेर बिदेसीनु पर्यो। तपाईलाई याद होला डा साब ुजनयुद्धु सुरु गर्दा नै तपाईलाई राम्रोसँग थाहा थियो यो समस्याको समाधान हैन भनेर। किन त्यो बेलामा तपाई जस्तो डा को दिमाग मा यस्तो विकल्प आएनरु डा साब जनयुद सुरु गर्दा हामीले बोर्ड फस्ट भएको डाक्टरले जनयुद सुरु गर्यो भनेको सुनेका हो। स्कुल त कति दिन बन्द भयो रमाइलो लाग्थ्यो। के गर्ने स्कुल जानु पर्दैनथ्यो। तपाईका सहकर्मी अध्यक्ष कामरेडको नाम त धेरै पछि सुनेको हो। डा साब तपाईको मार्केटिंग गरेर अध्यक्ष कामरेडले जनयुद सफल पार्नु भयो। तपाई त्यही फर्मुला लाएर पत्रिकामा ज्याकेट पेजको बिज्ञापन छपाएर कार्यकर्ता जम्मा पार्ने राम्रो प्रयास गर्नु भयो। 
 
त्यो सबैको साटो बिगतमा म बाट ठुलो भुल भयो अब त्यस्तो हुदैन भनेर बिज्ञप्ती निकालेको भए धेरै मान्छे जम्मा हुन्थे होलानरु हामी जस्तालाई पनि जाने आधार हुन्थ्यो होला। त्यती नगरे पनि माफी मात्रै मागेको भए पनि सोच्नु पर्ने हुन्थ्यो होला। तपाईले नै लेख्ने र भन्ने गरेको राजनीति व्यवसाय हैन भन्ने कुरा त तपाईले ज्याकेट पेजमा विज्ञापन छापेर नयाँ बस्तु जस्तै पार्टी नै सार्बजनिक गर्नु भयो। के यो व्यापार हैन ररु नेपाली राजनैतिक इतिहासमा पहिलो चोटी व्यापारको सुरुवात गर्नु भयो भनेर तपाइले लागेको आरोपको कसरी खण्डन गर्नुहुन्छरु पोलिटिक्स व्यापार हैन भने नयाँ शक्तिमा पद को लागि यत्रो हल्ला खल्ला किनरु डा साब अनि तपाईलाई बाम भन्ने शब्द पनि निकै प्यारो छ। न छोड्न नै सक्नु हुन्छ न समाउन नै। 
 
यो बाम लोकतन्त्रको परिभाषा त बिस्तारै आउला अब कुरा गरु नक्कली सर्टिफिकेट वाला डा को । बिचरा  यी डा पनि चर्चामा छन्। के गरुन बाउ आमा को डा बनाउने इच्छाले गर्दा आज पिडामा होलान। कोइ छोरा छोरीले आफै नक्कली सर्टिफिकेट किन्देउ बा पक्कै भनेन होला। लगानी त बाउ आमाको नै होलारु जसरि पनि डा हुनु पर्छ भने होलान नक्कली डा बनाउने लाई पनि के भन्नु कति त तपाईको ब्राण्डिङ मा सुरु भएको जनयुद्धले यता उता बसाई सरेका ठुला बडाका छोरा छोरी होलान। डा साब तपाईले बन्दुके डाक्टरको भरमा रगतको खोलो बगाउनु भयो। यिनिहरुले पैसाको बलमा। तपाईले जनयुद्धको नाममा भजाउनु भयो। यिनीहरुले डाक्टरको नाममा। डा साब तपाईको नया शक्ति आवश्यक्ताबारे पहिलो  सार्बजनिक लेखमा जसरी रुख र जंगल अलग होइनन कसैले रुख मात्र देख्ने कसैले जंगल मात्र देख्ने भने जस्तै यी डा मात्र नक्कली देख्नेले तपाई जस्ता डा साबलाई सक्कली देख्लान र जनतालेरु हुन त नेपाली पोलिटिक्समा डा लेख्ने बुद्धिजिबीहरुको कमि छैन र काम पनि छैन। बेलैमा विचार नगरे यि नक्कली डा र तपाई जस्ता डा साबहरुलाई जनताले हेर्ने नजर मा केही फरक नहोला।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ