arrow

एक सय तेह्र प्रतिशत राजस्व सङ्कलन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1590984569.jpeg
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्ष्यभन्दा रु तीन करोड ६६ लाख ९० हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आव २०७२-७३ को प्रथम चौमासिकको लक्ष्य रु २७ करोड ३६ लाख ९६ हजार ५०० रहेकामा कात्तिक सम्ममा रु ३१ करोड तीन लाख ८७ हजार २२५ राजस्व सङ्कलन भएको महानगरपालिका राजस्व विभागले जनाएको छ । चालु आवको प्रथम चौमासिकमा प्रस्तुत गरिएको तथ्याङ्कअनुसार समग्रमा लक्ष्यभन्दा ११३ प्रतिशतले प्रगति रहेको राजस्व विभागका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । 
 
विभागका अनुसार सबैभन्दा बढी घरजग्गा करमा रु २३ करोड ३३ लाख ३६ लाख असुली भएको छ । यो लक्ष्यभन्दा रु तीन करोड १० लाखले बढी हो । मनोरञ्जन करमा लक्ष्य रु आठ लाख ७५ हजार राखिएको भएपनि कुनै रकम उठ्न सकेन । भूकम्प तथा त्यसपछिको इन्धन अभावका कारण आर्थिक गतिविधिमा कमी आएकाले राजस्व असुलीमा अपेक्षितरुपमा शीर्षकसहितको लक्ष्य भेट्टाउन नसकिएको उहाँको भनाइ छ । विभागले विषयगत क्षेत्रका करसम्बन्धी पर्याप्त दक्ष जनशक्ति नभएका कारण पनि प्रभावकारी रुपमा कर सङ्कलन गर्न नसकेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ