arrow

संसद् बैठक सकियो

logo
प्रकाशित २०७३ असार ८ बुधबार
sansad-@@@.jpg.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्को वुधबार बसेको बैठकमा विनियोजन विधेयक, २०७३ को विभिन्न सात मन्त्रालयका शीर्षकमाथिको छलफल जारी रह्यो । 
 
आज सूचना तथा सञ्चार, स्वास्थ्य, भूमिसुधार तथा व्यवस्था, कृषि विकास, उद्योग, कानुन, न्याय तथा संसदीय मामिला र युवा तथा खेलकुद मन्त्रालयका शीर्षमाथि छलफलको कार्यसूची रहेकामा सो शीर्षकमाथि आगामी बैठकमा पनि छलफल जारी रहने भएको हो । 
 
सभामुख ओनसरी घर्तीले संसद्को अर्को बैठक यही असार ९ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेकी छन् ।  रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ