arrow

संसद सचिवालयका सचिव शर्माको जागिर सकियो

logo
प्रकाशित २०७३ असार ८ बुधबार
mukunda-sharma-sekret.jpg.jpeg
काठमाडौँ, ८ असार । व्यवस्थापिका–संसद् सचिवालयका सचिव मुकुन्द शर्माले उमेर हदका कारण आजबाट अनिवार्य अवकाश पाउनुभएको छ ।
 
विसं २०३४ पुस ६ गते प्रवेश गर्नुभएका शर्माले ३९ वर्ष छ महिना तीन दिन संसद्मा सेवा गर्नु भयो । व्यवस्थापिका–संसद् सेवामा हाल अनिवार्य अवकाशको उमेर हद ६० वर्ष कायम रहेको छ । उहाँले लामो समयसम्म सचिवालयको प्रवक्ताको जिम्मेवारी पाउनु भएकोे थियो । 
 
व्यवस्थापिका–संसद् सचिवालयले सचिव शर्माको आज यहाँ आयोजना गरेको बिदाइ समारोहमा सभामुख ओनसरी घर्तीले उहाँलाई प्रशंसापत्र प्रदान गर्नुभयो । समारोहमा प्रमुख दलका प्रमुख सचेतक, सांसद तथा संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले उहाँलाई टीका, माला र पुष्पगुच्छा प्रदान गरेर बिदाइ गर्नुभयो । 
 
सभामुख भन्नु हुन्छ–सबैको प्रयासले नेपालले जित्यो 
 
समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले मुलुकसामु आइपरेका सबैखाले समस्या र चुनौतीलाई पन्छाउन राजनीतिक दल र सचिव शर्माजस्ता राष्ट्रसेवकबाट भएको योगदानको प्रशंसा गर्नुभयो । 
 
उहाँले भन्नुभयो– “राजनीतिक दलको इमान्दार प्रयास र कर्मचारीको जिम्मेवारीप्रतिको निष्ठाले विगत १० वर्षमा ठूलो चुनौती र आँधीबेरीसँग जुध्दै अग्रगामी बाटोमा अघि बढ्न सफल भएका छौँ, जसले नेपाललाई विजयी तुल्याएको छ ।” संविधानसभाबाट समावेशी संविधान जारी भएपछि अहिले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशको जिम्मेवारी नेपाली महिलाले प्राप्त गर्नुभएको छ, सबैको प्रयासले विश्वसमुदायमा नेपालको शिर उठाउने काम भएको छ, नेपालले जितेको छ – सभामुख घर्तीले भन्नुभयो । 
 
महासचिव भट्टराईले अत्यन्त सराहनीय र उच्च मनोबलकासाथ जिम्मेवारी पूरा गर्ने सचिव शर्मालार्ई सबै कर्मचारीले लामो समयसम्म साझा अभिभावकका रुपमा सधैँ सम्झिरहने छन् भन्नुभयो । सेवानिवृत्त हुनुभएका सचिव शर्माले इमान्दार, अनुशासित र निष्ठाकासाथ कार्यसम्पादन गरेका खण्डमा परिणाम अब्बल निकाल्न सकिन्छ भन्ने पक्षमा संसद् सेवाका कर्मचारीले सधैँ हेक्का पुर्‍याउनुपर्छ भन्नुभयो । 
 
व्यवस्थापिका–संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष नेत्रप्रसाद भट्टराईसहितका पदाधिकारीले शर्मालाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ