arrow

संसदीय सुनुवाई प्रक्रिया अघि बढ्यो

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
sansad-@@@.jpg.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले लामो समयदेखि अड्कँदै आएको सुनुवाइको प्रक्रिया अगाडि बढाउने भएको छ । 
 
समितिको आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त एवम् राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । समितिका सभापति कुलबहादुर गुरुङले रासससँग कुरा गर्दै प्रस्तावित न्यायाधीश एवम् राजदूतका सम्बन्धमा सार्वजनिक सूचना मार्फत उजुरी दिन आह्वान गर्ने निर्णय आजको बैठकले गरेको बताउनुभयो । 
 
व्यवस्थापिका–संसद्को नियमावली पारित हुन लामो समय लागेका कारण संसदीय सुनुवाइको प्रक्रिया स्थगन हुँदै आएको थियो । मङ्गलबार सुनुवाइ समितिको सभापतिमा गुरुङ निर्वाचित हुनुभएपछि सबै प्रक्रिया अगाडि बढाउन प्रमुख दलहरु सहमत भएका हुन् । 
 
समितिको आजको बैठकमा समितिको कार्यदलले तयार पारेको कार्यविधि समेत पारित भएको सभापति गुरुङले जानकारी दिनुभयो । समितिले प्रस्तावित प्रधानन्यायाधीश, ११ न्यायाधीश एवम् २१ मुलुकका राजदूतको सुनुवाइ गर्ने जनाएको छ । संवैधानिक प्रावधान अनुसार नियुक्ति अगाडि न्यायाधीश, राजदूत लगायतको सुनुवाइ गरी स्वीकृत हुनुपर्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ