arrow

एटीपी वर्ल्ड टुर फाइनल्स टेनिसको उपाधि जोकोभिचलाई, एकै वर्ष ११ उपाधि

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
724869492.jpeg
एजेन्सी । एटीपी वर्ल्ड टुर फाइनल्स टेनिसको उपाधि शीर्ष सर्वियन खेलाडी नोभाक जोकोभिचले कब्जा गरेका छन् । लण्डनमा आइतबार राति भएको फाइनलमा तेस्रो बरियताबा स्वीस टेनिस स्टार रोजर फेडेररलाई हराँउदै जोकोभिचले उपाधि जितेका हुन् । यसअघि तीन पटक च्याम्पियन बनिसकेका जोकोभिचले एटिपी विश्व टुर फाइनल्सको उपाधि जित्न फेडेररलाई सोझो २–० सेटले हराए ।
 
पहिलो सेट ६–३ ले आफ्नो पक्षमा पारेका जोकोभिचले दोस्रो सेट ६–४ ले जिते । समूह चरणका खेलमा जोकोभिच फेडेररसँगै पराजित भएका थिए । सेमिफइनलमा जोकोभिचले पाँचौ परियताका स्पेनिश खेलाडी रफाइल नदाललाई ६–३, ६–३ को सोझो सेटमा हराउँदै फाइनलमा ठाउँ बनाएका थिए ।
 
यस्तै, चौथो बरियताका स्टानिस्लास वावरिन्कालाई ७–५, ६–३ को सोझो सेटमा हराउँदै फेडेरररले जोकोभिचसंगको फाइनल भेट पक्का गरेका हुन् । वर्ल्ड टुर वर्षको अन्तिम टेनिस प्रतियोगिता हो । यससँगै जोकोभिचले यसै वर्ष ३ ग्रान्डस्लाम सहित ११ उपाधि हात हासिल गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ