arrow

गोल्छाका सन्तती अन्तै जागिरे !

logo
प्रकाशित २०७३ असार १२ आइतबार
golchadugar.jpg.jpeg
काठमाडौं । नेपालमा गोल्छा परिवारले २० हजारभन्दा धेरैलाई जागिर दिएको छ । उसका ३५ भन्दा धेरै उद्योग छन् । तर औद्योगिक घराना र व्यवसायमा सफल गोल्छा परिवारका सन्तान भने अरूकैमा जागिर खान्छन् ।
 
अन्य जागिरेझै समयमै कार्यालय पुग्छन् र नियमअनुसार बिदामा बस्छन् । आफूभन्दा माथिल्लो हाकिमकै अरन खटनमा चल्छन् । सामान्य कर्मचारीसरह नै उनीहरू मासिक तलब बुझ्छन् ।
 
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - गोल्छा अर्गनाइजेशनको जग बसाल्ने र यो औद्योगिक घरानाको सुत्रपात गराउने रामलाल गोल्छाको चौथो पुस्ता अर्थात उनका पनाती अभिमन्यू गोल्छा र पनातिनी अनुज्ञा अहिले अरूकैमा जागिर खाइरहेका छन् ।
 
विदेशमा पढाइ पुरा गरेका अभिमन्यु सामसुङ कम्पनीमा र इन्फरमेसन टेक्नोलोजि अन्तर्गत एनिमेशन विधामा ग्याजुएड अनुज्ञा भारतको नयाँ दिल्लीमा जागिरे छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ