arrow

नेपाल भारत सम्बन्धलाई बागमतीले जोड्छः केकी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
230544833.jpeg
काठमाडौं । पौष २४ लाई रिलिज मिति तय गरेको फिल्म बागमती युनिट अहिले प्रचार प्रसारमा व्यस्त छ । निर्माण टिमको तर्फबाट आईतवार राजधानीमा आयोजित पत्रकारसँग अन्तर्क्रिया कार्यक्रममा फिल्मका कलाकारहरुले आफ्नो आफ्नो अनुभव सुनाए । प्रचारात्मक कार्यक्रममा पहिलोपटक देखिएकी नायिका केकी अधिकारीले बागमती फिल्मसँग नाम जोड्न पाउनु नै आफ्नो लागी ठुलो उपलब्धी भएको सुनाईन् ।

साउथ ईण्डियन प्रविधीमा साउथकै निर्देशकले बनाएको यो फिल्मले नेपाल र भारबीचको चिसिंदो सम्बन्धलाई सुधार गर्नको लागी पनि महत्वपुर्ण भूमिका खेल्ने आशा केकीको छ । ‘नेपाली कथा र परिवेशमा भारतिय निर्देशकले बनाएको यो फिल्मले दुई देशिय सम्बन्धलाई मजबुद बनाउनको लागी पक्कै पनि भुमिका खेल्ने मेरो विश्वास छ’ कालो पहिरनमा चिटिक्क सजिएकी केकी बोलिन् ।

उनले फिल्म निकै उत्कृष्ट बनेको र आफुले अहिलेसम्म खेलेका हरेक फिल्म भन्दा विसुद्ध फरक बागमती रहेको भन्दै दर्शकको साथ र समर्थन पाउनेमा आशावादी रहेको बताईन् । सरसफाईको महा अभियानले बागमती नदी सफा हुँदै गएझैं बागमती फिल्मले पनि दर्शकको मैलिएको मनलाई सफा बनाउने उनको तर्क थियो ।

त्यस्तै पुराना नायक शिव श्रेष्ठले ‘क्राईसिस’को समयमा पनि निकै मेहनत र उच्च प्रविधीका साथ बनेको यो फिल्म पुर्ण मनोरञ्जनको खुराक बनेको धारणा राखे । उनले फिल्म अन्तर्राष्ट्रिय स्तरको बनेको भन्दै आफुले अहिलेसम्म खेलेका सबै फिल्मभण्दा फरक बनेको दाबी समेत गरे । 

कार्यक्रममा निर्माण टिमको तर्फबाट प्रस्तुतकर्ता बिजय सत्याल र दिनेश दर्शनधारी तथा निर्मात्री यशोदा राईले निर्माणमा तथा प्रविधिको प्रयोगमा कुनै कन्जुस्याईं नगरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी देखिए । फिल्ममा शिव र केकीसँगै राजेश हमाल, श्रेया कार्की, रविकर घिमिरे लगायत लिड रोलमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ