arrow

जनसम्पर्क समिति जापानको कान्तो क्षेत्रिय समितिको अध्यक्षमा यदुराम सापकोटा

logo
प्रकाशित २०७३ असार १३ सोमबार
yaduram-sapkota.jpg.jpeg
काठमाडौं। नेपाली जनसम्पर्क समिति जापानको कान्तो क्षेत्रिय समितिमा यदुराम सापकोटा सभापतिमा निर्वाचित भएका छन्। निर्वाचनको मत परिणाम अनुसार उपसभापतिमा एकेन्द्र थापा र सुजन खडका, सचिबमा बिमान सिंह मोक्तान तामाङ, सहसचिब बालकृष्ण अर्याल, कोषाध्यक्षमा रमा कोइराला निर्वाचित भएका छन्।
 
सोमवार विहान सार्वजानिक मत परिणाम अनुसार प्रतिस्पर्धी टिकाराम खरेलसंग चुनावी मैदानमा उत्रिएका सापकोटाले ८३ मत पाई विजयी भए । प्रतिष्पर्धी खरेलले जम्मा ७५ मत पाएका थिए । यस्तै उपसभापतिमा सर्वाधिक मत पाउदै एकेन्द्र थापा ९२ तथा सुजन खडका ६९ मत ल्याएर विजयी भए । सचिब बिमान सिंह मोक्तान तामाङ्ग भने सर्वसम्मत चुनिएका थिए । यस्तै सहसचिवमा बालकृष्ण अर्याल निर्वाचित भएका छन । उनले ७९ मत ल्याउदै विजयी भए भने कोषाध्यक्षमा रमा कोईराला चुनिईन ।
 
त्यसैगरि सदस्यहरुमा कृपण दाहाल, गणेश बिष्ट, राम सिम्खडा, गणेश राज जैशी, केशब प्रसाद पौडेल, रमेश डंगोल र राजन भारि सर्वसम्मत निर्वाचित भएका छन। जनसम्पर्क समिति जापानको केन्द्रीय अधिवेशन भने अगष्टमा हुने भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ