arrow

आखी झ्यालैमाको छायांकन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
252141880.jpeg
काठमाडौं । गायक रमेश श्रेष्ठ(मेलोडी)को स्वर तथा संगीतमा रहेको ‘आँखी झ्यालैमा’ बोलको गितको म्युजिक भिडियोको छायाङ्कन सकिएको छ ।काठमाडौको बिभिन्न रमणिय स्थानमा छायाङ्कन गरीएको म्युजिक भिडियोलाई सञ्चारकर्मी सरोज श्रेष्ठले निर्देशन गरेका हुन ।

प्रेमको प्रसंंगलाइ रमाइलो तरीकाले यो गीतमा प्रस्तुत गरिएको कुरा निर्देशक श्रेष्ठले बताए । रमेशको दोश्रो एल्बम आखी झ्यालमा समाबेस  हुने गितमा दिपक तामाङ, दृशी श्रेष्ठ ,काले किरणको अभिनय रहेको छ ।  गितलाइ ज्ञानेन्द्र शर्माले छायाङ्ककन गरेका हुन । यो एल्बम लाइ द रोयल क्रियसनले बजारमा ल्याउन लागेको हो । मंसिरको दोस्रो सातामा गितको भिडियो रीलिजको तयारी निर्माण पक्षको रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ