arrow

प्रधानमन्त्रीले माग संवोधन गरे आजै संसद चालु हुन्छ –डा.महत

हाम्रो आन्दोलनप्रति पीडित खुसी, नक्कली दुःखी

logo
प्रकाशित २०७३ असार १५ बुधबार
ramsharan.JPG.jpeg

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना माग संवोधन गरे आजैदेखि संसद चालु हुने बताएका छन् । हाम्राकुरासंगको कुराकानीमा डा. महतले जहिलेसम्म सरकार पेलेर जाने मनस्थितिमा हुन्छ तहिलेसम्म संसदको अवरोध कायमै रहने पनि जनाएका छन् ।
उनले आफूहरु सहमति नजिक पुगेको भन्दै आजै संसद खुल्नेमा आशावादी रहेको बताए । नेपाली काँग्रेसले केही दिनदेखि भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग राख्दै व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्दै आएको छ ।
डा. महतले कुन कुन विषयमा सहमति भएको भनी स्पष्ट भन्न नचाहे पनि वार्ता चलिरहेको र सरकार तथा आफूहरुबीच सहमतिका बुँदा बन्दै गरेको स्पष्ट पारे ।
काँग्रेसले भूकम्प अतिप्रभावित ११ जिल्लामा मात्र पुनःनिर्माणको काम गर्न खोजेको सरकारप्रति औंला ठडाउँदै काठमाडौं उपत्यकाका तीन जिल्लालाई पनि प्राथमिकता दिनुपर्ने बताएको छ । काँग्रेस नेता डा. महतले भने ‘हामीहरुको एउटा मुद्दा यो पनि हो । हामी काठमाडौं उपत्यकामात्र होइन अन्य प्रभावित जिल्लामा पनि संगसंगै पुनःनिर्माण हुनुपर्छ भन्ने पक्षमा रहेका छौं ।’
०७२ बैशाख १२ गतेको भूकम्प जाँदा नेपाली काँग्रेसकै सरकार भए पनि किन त्यतिबेला प्राथमिकतामा पार्न नसकेको त भन्ने प्रश्नमा डा. महतले ‘त्यतिबेला हामी दातृ निकायबाट सहयोग रकम जम्मा गर्नेतिर लाग्यौं । राम्रो सहयोग पनि जम्मा भयो । तर पछि एमालेको नेतृत्वमा बनेको सरकारले पुनःनिर्माणको नेतृत्व गरेसंगै उसले आफूखुसी काम गरिरहेको छ ।’
काँग्रेसले गलत समयमा संसद अवरुद्ध गरेको भन्ने प्रसङ्गमा डा. महतले भने ‘भूकम्प पीडित अहिले हाम्रो मागप्रति खुसी छन् । जो पीडित नभइकन पनि पीडित बनेर फाइदा लुटेका छन् तिनीहरु दुःखी छन् ।’
काँग्रेसका कार्यकर्ता लगतमा छुटेकै हुन् त भन्ने प्रश्नमा पूर्व अर्थमन्त्री डा. महतले ‘हामीले पहिले लगत लिने काम गरेनौं, एमाले नेतृत्वको सरकारले लगत लिने काम ग¥यो, अहिले खटाएको टोलीले धमाधम हाम्रा कार्यकर्तालाई छुटाउने काम गरेको छ, यो गलत हो । पीडितलाई पार्टीगत रुपमा हेर्नु ओली सरकारको अतिवादको पराकाष्ठा हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ