arrow

गांगुलीका कारण प्रशिक्षक बन्न नपाएको भन्दै रवि शास्त्री रुष्ट

logo
प्रकाशित २०७३ असार १५ बुधबार
shastri-ganguly-2806.jpg.jpeg

मुम्बई । भारतीय क्रिकेट टिमका पूर्व निर्देशक रवि शास्त्रीले सौरभ गांगुलीका कारण आफू भारतीय टिमको मूख्य प्रशिक्षक बन्न नपाएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले सौरभ गांगुलीले आफूलाई कुन दिनको रिस फेरेका हुन् जान्न चाहेकोसमेत सुनाएका छन् ।
एक हप्ताअघि भारतीय टिमको मूख्य प्रशिक्षकका लागि भएको छनोटका क्रममा आफू एक होटलमा अन्तर्वार्ता दिन गए पनि सोही समयमै छनोट कमिटिका सदस्य भारतीय पूर्व कप्तान सौरभ गांगुली त्यहाँबाट बाहिर निस्किएको बतााए ।
पत्रकार सम्मेलन गर्दै शास्त्रीले यसबारेमा गांगुलीले जवाफ दिनुपर्ने बताएका छन् ।
रवि शास्त्रीले आफूले अपमानित महसुस गर्नुपरेको भन्दै प्रशिक्षकको २१ जनाको होडमा अनिल कुम्बले नभएकामा कसरी अहिले मूख्य प्रशिक्षक बन्न सकेको होला भनी आश्चर्यमा परेको बताए ।
मूख्य प्रशिक्षकको दावेदारीमा शीर्ष स्थानमा रहेर पनि आफूले सो पद नपाएको भन्दै शास्त्रीले चित्त दुखाएका छन् । उनले तत्काल आफूलाई रीस उठे पनि अब मनले चित्त बुझाउँदै गएकोसमेत शास्त्रीले सुनाएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ