च्याउ खाएर एकै घरका पाँच बिरामी

प्रकाशित मिति : २०७३ असार १५ बुधबार , १,९७४ पटक हेरिएको
वेब : तस्वीर

भोजपुर । भोजपुरको पश्चिमी गाविस सिद्धेश्वर–४ डाँडागाउँमा जङ्गली च्याउ खाएर मङ्गलबार एकै परिवारका पाँचजना बिरामी परेका छन् । बिरामी हुनेमा ३६ वर्षीया साबित्रा खड्का र उनका छोरीहरु उर्मिला, पवित्रा तथा छोराहरु विशाल र हिमाल रहेका छन् ।

बारीमा उम्रेको कालुङ्गे च्याउ खानासँग खाएका उनीहरु सिकिस्त बिरामी परेका थिए । बिरामी भएपश्चात् उनीहरुलाई छिमेकीले जिल्ला अस्पताल भोजपुर ल्याएका थिए ।

साबित्राको स्वास्थ्यमा केही सुधार नभएपछि जिल्ला अस्पताल भोजपुरले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । छोराछोरीहरु भने उपचारपछि घर फर्किएका छन् ।

नयाँ