शिक्षा

दूरदराजका बालबालिकाको पाठशाला ‘स्नो मञ्जुश्री’

२०७४ फाल्गुण ७ सोमबार, काठमाडौं । मुलुकका दुर्गम र दूरदराजमा शिक्षाको अभावमा हुने समस्यालाई मध्यनजर गर्दे स्थापना गरिएको ‘स्नो मञ्जुश्री विद्यालय’ले चौथौ वार्षिकोत्सव मनाएको छ । ... बाँकी अंश»

प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय सञ्जालको राष्ट्रिय भेला शुरु

२०७४ फाल्गुण ५ शनिबार, भक्तपुर । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जालको राष्ट्रिय भेला भक्तपुरमा शुरु भएको छ । भेलाको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय तहमा आएपछि यसको गुणस्तर वृद्घि हुँदै गएको बताए । ... बाँकी अंश»

शैक्षिक उन्नयन र स्नातक तह संचालनर्थ महापुराण संचालन

२०७४ फाल्गुण ४ शुक्रबार, पाँचथर । शैक्षिक उन्नयन र स्नातक तह संचालनर्थ पाँचथरको हिलिहाङ ३ स्थित गोपेटारमा शुक्रवारबाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ संचालन गरिएको छ । महायज्ञको जिल्ला समन्वय समिती पाँचथरका प्रमुख बिष्णु प्रसाद सापकोटा बिमलले पानसमा बत्ति बालेर उद्घाटन गरे। ... बाँकी अंश»

समाज रुपान्तरणको मुख्य आधार शिक्षा : राष्ट्रपति भण्डारी

२०७४ फाल्गुण ४ शुक्रबार, गुल्मी। राष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको मुख्य आधार शिक्षा भएको बताएकी छन । उनले समाजमा भएका बिभिन्न कुरीति र बिकृतिहरु हटाउनको निम्ती गुणस्तरी शिक्षा नै आबश्यक रहेको बताइन् । ... बाँकी अंश»

“फ्याक्ट्स अफ नेपाल २०१८” सार्वजनिक

२०७४ माघ २९ सोमबार, काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्याङ्क संकलन गरि तयार पारेको वार्षिक पुस्तक “फ्याक्ट्स अफ नेपाल २०१८” संस्करण आइतवार सार्वजनीक गरेको छ । ... बाँकी अंश»

सुदुर पश्चिमाञ्चल विश्विद्यालय समायोजन प्रक्रिया नसच्याए आन्दोलनमा उत्रिने चेतावनी

२०७४ माघ २७ शनिबार, काठमाडौं । सुदुर पश्चिमाञ्चल विश्विद्यालय आङ्गिक क्याम्पस समायोजन संघर्ष समितिले विश्विद्यालयद्धारा हालै अघि बढाईएको १५ वटा आङ्गिक क्याम्पसलाई समायोजन गर्ने प्रक्रिया नै गलत भएको भन्दै उक्त प्रक्रिया तत्काल सच्याउनुपर्ने माँग गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले उक्त प्रक्रिया नसच्याए आगामी दिनमा जस्तोसुकै संघर्षमा उत्रिन बाध्य चेतावनी दिएको हो । ... बाँकी अंश»

बुटवलका २ सामुदायीक विद्यालय गाभिँदै

२०७४ माघ २६ शुक्रबार, बुटवल । प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवलमा रहेका २ सरकारी विद्यालय गाभिने भएका छन् ।समग्र जिल्ला तथा क्षेत्रमा उत्कृष्ट नतिजाका कारण राष्ट्रियस्तरमै ख्याती कमाएको बुटवलको कालिका माध्यमिक बिद्यालय र औसत शैक्षिक गुणस्तरमा अघि बढेको बुटवलकै रामनगरको मानव ज्ञान माध्यमिक बिद्यालयलाई गाभ्न लागिएको हो । ... बाँकी अंश»

‘गैरजिम्मेदार पदाधिकारी जिम्मेवार बन’ भन्दै कालो पट्टी बाँधेर काममा

२०७४ माघ २६ शुक्रबार, कञ्चनपुर । पश्चिम नेपालको सूदुरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरुले शैक्षिक र प्रशासनिक क्षेत्रमा रहेको गतिरोधको अन्त्यको माग राख्दै शुक्रबारदेखि दायाँ हातमा कालो पट्टी बाँधी आ–आफनो नियमित कार्यमा सहभागी भएका छन् । ... बाँकी अंश»

बैजनाथ आधारभूत विद्यालयको गरिएको तालाबन्दी खुल्यो

२०७४ माघ २४ बुधबार, डाङाजाई,कञ्चनपुर। कञ्चनपुरको दक्षिणी भेगको लालझाडी गाउँपालिकामा रहेको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा गरिएको अनिश्चितकालिन तालाबन्दी बुधबार खुलेको छ । ... बाँकी अंश»

अक्षराका विद्यार्थीले उडाए ड्रोन

२०७४ माघ १९ शुक्रबार, काठमाडौं । अक्षरा स्कुलका विद्यार्थीले ड्रोन उडाएर अक्षरा शैक्षिक प्रदर्शनी २०७४ को शुभारम्भ गरेका छन् । शुक्रवार आयोजना गरिएको प्रदर्शनीका लागि कक्षा ७ मा अध्यनरत विद्यार्थी केल्भिन संग्रौलाले ड्रोन तयार पारेका थिए । कलेजस्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरेतापनि सात कक्षाको विद्यार्थी आफैंले ड्रोन बनाएर उडाएको यो नै नेपालको पहिलो घटना हो । ... बाँकी अंश»

काठमाडौंमा थरी–थरीका स्कुल : कसैका कुरै मिठा, कोही जरैदेखि चर्किने !

२०७४ माघ १७ बुधबार, काठमाडौं । अहिले काठमाडौंमा घरै पीच्चे स्कुल । त्यो पनि अंग्रेजी माध्यममा पढाउने निजी स्कुल वा बोर्डिङस्कुल । अभिभावकलाई कुन स्कुल छान्ने, भेउ पाउनै मुस्किल । चिने–जानेको भए छुट पनि दिइहाल्छन् । तर, चिनजान भएन र ठिकै कमाई हुने व्यक्तिले ठिक्कै शुल्क भएको स्कुल खोज्यो भने कम्ता हैरानी खेप्नु पर्दैन । ... बाँकी अंश»

अपहेलना मुद्दामा अध्यक्ष र शिक्षकलाई जरिवाना, यस्तो थियो घटना

२०७४ माघ १७ बुधबार, कञ्चनपुर । उच्च अदालत, दीपायलको महेन्द्रनगर इजलासले अपहेलना मुद्दामा कञ्चनपुरको भीमदत्तनगरपालिका बाराकुण्डास्थित प्रगति युवा आधारभूत विद्यालय अध्यक्ष कटकबहादुर कुँवर र निमित्त प्रधानाध्यापक गणेशप्रसाद पाण्डेयलाई जरिवाना गरेको छ । ... बाँकी अंश»

भनेको जति पैसा दिन 'हामी बैंक होइनौँ, विद्यार्थी हौँ'

२०७४ माघ १५ सोमबार, काठमाडौँ । एमबिबिएस कार्यक्रममा निर्धारित शुल्कभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका निजी मेडिकल कलेजले विद्यार्थीसँग विभिन्न शीर्षकमा थप शुल्क लिएको विरोधमा सोमवार माइतीघर मण्डलामा विद्यार्थीले विरोध र्‍याली निकालेका छन् । ... बाँकी अंश»

कस्तो बनेछ ? आफ्नै ट्रष्टले बनाउँदै गरेको भवन अवलोकन गर्दै हिमानी 

२०७४ माघ १३ शनिबार, गोरखा । पूर्व युवराज्ञी हिमानी शाह हिमानी ट्रष्टले गोरखाको पालुङटारमा निर्माण गरिरहेको भवानी माध्यामिक विद्यालयको अवलोकन गर्न गएकी छिन् । ... बाँकी अंश»

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुरु गरियो पिएचडी कार्यक्रम

२०७४ माघ १२ शुक्रबार, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पहिलो पटक विद्यावारिधि (पिएचडी) कार्यक्रममा शुरु गरेको छ । शुक्रवार वीरेन्द्रनगरमा एक समारोहबीच विश्वविद्यालयले व्यवस्थापन संकायमा पिएचडी कार्यक्रम शुभारम्भ गरेको हो । ... बाँकी अंश»

विद्यालयको स्वर्णमहोत्सवले गाउँ चिनाउँदै

२०७४ माघ ९ मंगलबार, स्याङ्जा । स्याङ्जा सदरमुकामबाट उत्तर तर्फ पर्ने अर्जुनचौपारी गाँउपालिका ५ स्थित सर्वोदय माध्यमिक विद्यालयले ५० औं स्थापना दिवको अवसरमा स्वर्णमहोत्सव आयोजना गरेको छ । गाँउपालिकाको आरुचौर तालपोखरी स्थित रहेको विद्यालयले माघ ८ गते देखि शुरु गरिएको १४ गते सम्म विविध कार्यक्रम गरी विद्यालयको स्वर्णमहोत्सव सम्पन्न हुने छ । २०२४ साल माघ १४ गतेका दिन स्थापना गरिएको विद्यालयले आयोजना गर्न लागेको स्वर्णमहोत्सवमा वडा भित्र स्वास्थ्य, साँस्कृतिक, खेलकुद, हाजिरीजवाफ लगायतका कार्यक्रम हरु गर्ने छ । ... बाँकी अंश»

नसुध्रिएको त्रिवि शिक्षा प्रणाली, कसरी ? 

२०७४ माघ ९ मंगलबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा ठूलो र पुरानो शिक्षालय । वर्षौं हजारौंले डिग्री हासिल गर्ने थलो । ... बाँकी अंश»

साक्षरको मञ्चन रोकिएन, म्याग्दी साक्षर जिल्ला घोषित

२०७४ माघ ९ मंगलबार, म्याग्दी । म्याग्दीलाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कूल जनसंख्यामध्ये ९६ दशमलव २७ प्रतिशत नागरिक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । ... बाँकी अंश»

तीन वर्षे बृहत् राष्ट्रिय शिक्षा महाअभियान आरम्भ

२०७४ माघ ८ सोमबार, काठमाडौं । शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा तीन वर्षे बृहत् राष्ट्रिय शिक्षा महाअभियानको शुरुवात गरिएको छ । ... बाँकी अंश»

कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालय बन्द गराउन प्रस्ताव

२०७४ माघ १ सोमबार, काठमाडौँ । कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएका स्थितिमा उच्चस्तरीय शिक्षा आयोगले यस्ता विद्यालयलाई क्रमशः बन्द गराउने प्रस्ताव गरेको छ । ... बाँकी अंश»

नयाँ