राम्रा कुरा

सहयोगी मनः देउसीभैलोको रकम बालगृहमा

२०७४ कार्तिक ६ सोमबार, बेँसीशहर । बालबालिकाले तिहारमा देउसीभैलो खेलेर जम्मा भएको रकम द्वन्द्वपीडित बालबालिकालाई दान गरेका छन् । ... बाँकी अंश»

देउसीभैलो खेलेर रितुङ माविलाई ४ लाख संकलन

२०७४ कार्तिक ४ शनिबार, म्याग्दी।  रघुगंगा–८ कुईनमँगलेमा सञ्चालित रितुङ माविले सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट करिब ४ लाख रुपैयाँ संकलन भएको छ ।  ... बाँकी अंश»

अनाथ बालबालीकालाई दिइयो स्कुल व्याग

२०७४ असोज २९ आइतबार, काठमाडौं। बानेश्‍वरमा रहेको नयाँ समाज बालश्रमका बालबालिलाई स्कुल व्याग वितरण गरिएको छ । नेपाल विद्यार्थीसंघका केन्द्रीय सदस्य पदम भट्टराईको जन्मदिनको अवसरमा नेविसंघले अनाथालयमा रहेका ५० जना बालबालीकालाई स्कुल व्याग दिएको हो । ... बाँकी अंश»

लौ बन्यो उर्लाबारीबाट मधुमल्ला हुँदै रविसम्म जोड्ने सडकखण्ड, बसमै सरर

२०७४ असोज २६ बिहिबार, उर्लाबारी । पूर्वी नेपालको समृद्धिसँग जोडिएको मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रविसम्म जोड्ने सडकखण्डमा गाडी सञ्चालन हुन थालेको छ । ... बाँकी अंश»

सेनाद्धारा तीन कोठे भवन पुनःनिर्माण

२०७४ असोज २३ सोमबार, बाजुरा । बाजुराको बडीमालिका नगरपालिका ८ मा रहेको द्धारिका प्राविको भवन जिर्ण भएपछि समरजित गुल्मले तीन कोठे भवन पुनःनिर्माण गर्न थालेको छ । सदरमुकाममै बाउली खोलामा रहेको उक्त भवन जिर्ण बन्दै गएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या देखिएको भन्दै नेपाली सेनाले उक्त भवन मर्मत गर्न थालेको हो गुल्मपति विष्णु सापकोटाले बताए । ... बाँकी अंश»

बागलुङ “प्रहरी हाम्रो टोलमा” अभियान सुरु

२०७४ असोज ६ शुक्रबार, बागलुङ । शान्ति सुरक्षा र सूशासन, जनमैत्री प्रहरी र प्रशासन भन्ने नारा सहित देशव्यापी रुपमा गृह मन्त्रालयले थालेको “प्रहरी हाम्रो टोलमा” अभियान शुक्रबार देखि बागलुङमा पनि सुरु भएको छ । ... बाँकी अंश»

दशैं मनाउन माझी बस्ती पुग्दै चन्द्र भण्डारी

२०७४ असोज ५ बिहिबार, गुल्मी। गतबर्षको गुल्मी बलिथुम गाबिसको बोटे माझी बस्तीमा दशैं मनाएका काँग्रेस नेता चन्द्र भण्डारी यो पटक पनि दशैं मनाउन सिमान्तकृत बोटे माझी बस्ती र दलित बस्ती पुग्ने भएका छन्। गत बर्ष आफूहरुसँगै दशै मनाउन आएका नेता चन्द्र भण्डारी यो पटक पनि आफ्नो बस्तीमा आउने जानकारी पाएपछि बोटे माझी समुदायमा खुसी छाएको छ।   ... बाँकी अंश»

सुनसरी र सर्लाहीका बाढी पिडीतहरुलाई कर्मफ्लाइट्सद्धारा राहत वितरण

२०७४ भदौ २९ बिहिबार, गुल्मी। प्याराग्लाइडिङ समुदायको सामाजिक शैक्षिक संस्था कर्मफ्लाइट्स फाउन्डेशन पोखराको प्रयासमा हालै तराइमा आएको बाढीबाट प्रभावित सुनसरी र सर्लाहीका पिडितहरुलाई खाद्यान्न तथा शैक्षिक सामाग्रीहरु राहत स्वरुप वितरण गरिएको छ । ... बाँकी अंश»

विवेकशील साझा पार्टी, दोलखाले दियो क्षमावती माध्यमिक विद्यालयलाई फर्निचर

२०७४ भदौ २७ मंगलबार, दोलखा । विवेकशील साझा पार्टी दोलखाले श्री क्षमावती माध्यमिक विद्यालय, सुस्पा क्षमावती, भीमेश्वर नगरपालिका – १ का दुई कक्षाकोठालाई नमुना कक्षाकोठा बनाउन फर्निचर तथा पुस्तकहरु मंगलबार हस्तान्तरण गरेको छ । ... बाँकी अंश»

बौद्धिक अपांग विद्यार्थीका लागि छात्रावास भवन निर्माण शुरु

२०७४ भदौ ११ आइतबार, बाबियाचौर । बेनी नगरपालिका–६ बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयद्वारा सञ्चालित बौद्धिक अपांगता स्रोत कक्षाको छात्रावास भवन निर्माण शुरु भएको छ । ... बाँकी अंश»

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा साठी जनालाई राहत

२०७४ भदौ ९ शुक्रबार, राजविराज । सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सुन्तली फाउण्डेशनले विहिबार राहत वितरण गरेको छ । ... बाँकी अंश»

भाडाको दश प्रतिशत बाढीपीडितलाई

२०७४ भदौ ९ शुक्रबार, सोलुखुम्बु । सोलुखुम्बु–काठमाडौँ जिप सेवा सञ्चालन गरिरहेको दूधकोशी यातायात प्रालिले हरेक यात्रुबाट लिने भाडाको १० प्रतिशत रकम बाढीपीडितका लागि उपलब्ध गराउने भएको छ । ... बाँकी अंश»

भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत रेडक्रसले के के गर्यो काम ?

२०७४ भदौ १ बिहिबार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गतका गतिविधिहरु समुदायको सक्रिय सहभागिता तथा परामर्शमा सञ्चालन गरिरहेको छ । अन्तर्गत विभिन्न क्षेत्रहरुमा आवास, खानेपानी, सरसफाई तथा स्वच्छता, स्वास्थ्य जिविकोपार्जन र संस्थागत क्षमता विकास आदि अत्यावश्यक विषयहरुमा आफूलाई केन्द्रित गरेको छ ।  ... बाँकी अंश»

धनुषाका बाढीपीडितलाई धुर्मुसको राहत

२०७४ श्रावण ३० सोमबार, महेन्द्रनगर (धनुषा)। कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँडेका छन् । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा सोमबार बिहान उनले राहत बाँडेका हुन् । ... बाँकी अंश»

वन संरक्षण र प्रवद्र्धनमा नेपाली सेना

२०७४ श्रावण २६ बिहिबार, नवलपरासी । वन क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि नवलपरासीमा नेपाली सेनाले काम थालेको छ । जिल्लाको कुकुरमारामा श्री नं २ वन तथा पर्यावरण सुरक्षा गण स्थापना गरी वन क्षेत्रको संरक्षण र प्रवद्र्धनको काम नेपाली सेनाले थालेको हो ।  ... बाँकी अंश»

एकैदिन ६ लाख ३२ हजार बिरुवा रोपियो

२०७४ श्रावण २६ बिहिबार, दाङ । सामुदायिक वन दिवसमा यहाँका विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ । ... बाँकी अंश»

हिमाल पारीको जिल्ला मुस्ताङमा यार्तुङ पर्व सुरु

२०७४ श्रावण २० शुक्रबार, मुस्ताङ । हरेक वर्ष झैँ यस वर्षपनि मुक्तिनाथमा यार्तुंङ पर्व सुरु भएको छ। हिमाल पारीको जिल्ला मुस्ताङ भौगोलिक र वातावरणीय रुपमा मात्र नभई सांस्कृतिक र विभिन्न चाडपर्वले पनि एक विशेष जिल्ला मानिन्छ । यस वर्षको यार्तुङ पर्व साउन २० गते देखि २३ गतेसम्म संचालन हुनेछ ।मेला जनप्रिय युवाक्लवको आयोजना गरेको छ । ... बाँकी अंश»

बागलुङका युवाको सहयोग ‘महावीरलाई हाम्रो साथ’

२०७४ श्रावण १७ मंगलबार, बागलुङ । म्यागासेसे पुरस्कार विजेता महावीर पुनले सुरुवात गरेको राष्ट्रिय आविस्कार केन्द्र निर्माणको अभियानमा बागलुङका युवाहरुले समेत साथ दिएका छन् । जिल्लाका जागरुक युवाहरुको समूहले ‘महावीरलाई हाम्रो साथ’ अभियान सञ्चालन गरेर आविस्कार केन्द्रका लागि सहयोग संकलन गरिरहेका छन् । ... बाँकी अंश»

गुल्मीको ग्रामिण इलाकाबाट एम्वुलेन्स सेवा सञ्चालन हुने

२०७४ श्रावण १२ बिहिबार, गुल्मी ।गुल्मीको पौदी अमराई, नेटा, दर्लिङ्ग, ह्वाङ्गदी तथा बाग्लुङ्गको ग्वालिचौर लगायतका क्षेत्रमा एम्बुलेन्स सञ्चालन गर्नका लागि निस्ती– बडिगाढ सामुदायिक बिकास केन्द्रले आफ्नो एम्वुलेन्स सेवाको काम अन्तिम चरणमा पुगेको जनाएको छ । ... बाँकी अंश»

वाग्मती कार्ययोजनासम्बन्धी छुट्टै ऐन बनाइने

२०७४ श्रावण १० मंगलबार, काठमाडौँ। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कार्ययोजनाको प्रभावकारी सफलताका लागि छुट्टै ऐन बनाइने भएको छ । विद्यमान कानुन र संरचनाले मात्र वाग्मती सभ्यताको विकास र संरक्षणका चुनौतीको सामना गर्न कठिनाइ भएको भन्दै सरोकारवाला निकायका प्रतिनिधिले त्यससम्बन्धी छुट्टै ऐनको खाँचो औँल्याए । ... बाँकी अंश»

Total:216

नयाँ