विविध

महासन्धिका प्रावधानलाई कार्यान्वयनमा लैजान छलफल

२०७४ बैशाख २२ शुक्रबार, काठमाडौँ। रसायन तथा जोखिमपूर्ण पदार्थ व्यवस्थापनसँग सम्बन्धित बासेल महासन्धिका पक्षमा भएका राष्ट्रको तेह्रौं सम्मेलन, रोटरड्याम महासन्धिका पक्षधर राष्ट्रको आठौँ सम्मेलन तथा स्टकहोम महासन्धिका पक्षधर राष्ट्रको आठौं सम्मेलनमा तीनवटै महासन्धिका प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानेबारे स्विट्जरल्याण्डको जेनेभामा संयुक्त रुपमा छलफल भएको छ ।  ... बाँकी अंश»

उठ हे उठ नेपाली, काँग्रेसलाई जिताउन लाग नेपाली (गीती भिडियो)

२०७४ बैशाख ४ सोमबार, काठमाडौं । नेपाली काँग्रेस कास्कीको विशेष सहयोगमा नेपाल सांस्कृतिक संघ कास्कीले ‘चारतारा’ नामक चुनावी भिडियो नै तयार गरेको छ । ... बाँकी अंश»

हिसिला यमीलाई 'गिरफ्तार' गर भन्दै सामाजिक संजालबाट दवाब

२०७३ चैत २१ सोमबार, काठमाडौं। नयाँ शक्तीकी नेतृ तथा भुतपुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी श्रीमती हिसिला यमीले निर्वाचन आयोग घेर्न जाँदा पक्राउ परेपछि ट्रकमा 'यो देश खारेज गर' भन्ने नारा लगाको बिरुद्ध सामाजिक संजालहरुमा ' हसिलालाई गिराफ्तर गर' भन्ने अभियान चलेको छ।    फेसबुक र ट्विटरमा 'भाईरल' भैरहेको यो अभियानमा-   'यो देशलाई खारेज गर' -भन्दै नारा लगाउने हिसिला यमीलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाईयोस् !! #ArrestHisilaYami . यो ट्रेण्ड हावी भ ... बाँकी अंश»

साथीले ठगेपछि अस्पताल पुगे

२०७३ चैत १९ शनिबार, बाजुरा।  एका विहानै बजारमा विभिन्न खालका चर्चा परिचर्चा गर्न थालेका थिए । खाना समय हुन थालेको थियो । आ आफ्ना साथीहरुसंग स्थानिय तहको चुनावको बारेमा चर्चा सुन्न पाइन्थ्यो । तर आज विहान भने त्यो कम मात्रामा सुन्नु पाइएको थियो ।    विहानको समयका आ आफ्नै काममा व्यस्त हुने जिल्ला बासी शनिबारको दिन परेकाले सबै कर्मचारीहरु सदरमुकाम प्रत्येक पसलमा बसेर फोन गर्दै विभिन्न बाहाना गर्दै भेट्न बोलाउने गरेका थिए । यदी कि विहान ६ बजे तिर मेरै सहकर्मीले मल ... बाँकी अंश»

सीमामा धावा बोल्ने सहिद गौतमको स्मृतिमा सालिक निर्माण हुने

२०७३ चैत १६ बुधबार, कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्द बजारमा नेपाली भूमि रक्षामा लागिपर्दा भारतीय एसएसबीको गोली लागी ज्यान गुमाएका सहीद गोविन्द गौतमको सालिक निर्माण गर्ने भएको छ ।    राप्रपा पुनर्वास नगर कमिटीको पहलमा सहीद गौतमको उच्चसम्मान गर्दै सालिक बनाउने निर्णय गरेको हो ।    राप्रपाले पुनर्वास नगरपालिकाले उपलब्ध गराएको स्थानमा सालिक निर्माण गर्ने छ । राप्रपाका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले सहिद ... बाँकी अंश»

युवा संघका जिल्ला अध्यक्ष शाहीको उपचारमा खर्च अभाव

२०७३ चैत १३ आइतबार, महेन्द्रनगर । युवा संघ नेपालका महेन्द्रनगर अध्यक्ष जनक शाहीको उपचारको लागि खर्च अभाव भएको छ । कम्मरको बोन क्यान्सरबाट पीडित नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी सदस्य समेत रहेका शाहीलाई उपचार गर्न खर्चको अभाव भएको भएपछि उनको परिवारले खर्चको लागि सहयोगको आग्रह गरेका छन् ।     हाल भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचाररत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका निवासी ३७ वर्षीय शाहीको कम्मरमा वोन क्यान्सर लागेपछि उपचार गर्न खर्चको ... बाँकी अंश»

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिकाप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

२०७३ चैत ११ शुक्रबार, काठमाडौं । नेपाल राजपत्रमा प्रकाशित गरिएको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ प्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।    युनियनले यस अगाडि गरेको विरोध तथा  सरोकारवालाहरुको चासो विपरीत निर्देशिकाको संशोधित रूप सार्वजनिक भएकोमा पनि आक्रोश पोखेको छ ।   प्रेस कानुनसँग कुनै सरोकार नभएको सुशासन (व्यवस्था तथा सञ्चालन) ऐन अन्तर्गत जारी निर्देशिकाले अभिव्यक्ति स्वन्त्रताको विश्वव्यापी मान्यता र संविधा ... बाँकी अंश»

एसइइ परीक्षा दिइरहेका परीक्षार्थीकोे यसरी भयो मृत्यु

२०७३ चैत ९ बुधबार, बैतडी । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा मृत्यु भएको छ ।    मृत्यु हुनेमा दशशथचन्द नगरपालिका–५ का १८ वर्षीय कैलाश दमाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।    कैलाशले सोमवार आमाका लागि ल्याएकोे रक्तचापको औषधी सेवन गरेको र थप उपचारका लागि कैलाली लैजाँदै गर्दा मंगलबार बिहान बाटो मै मृत्यु भएको प्रहरीले बताएको छ ।  &nbs ... बाँकी अंश»

प्रेमिकासहित नारायणी नदीमा हाम्फालेका सैनिक जवान अझै भेटिएनन्, महिलाको सकुशल उद्धार

२०७३ चैत ७ सोमबार, रत्ननगर । चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको अवस्था अझै फेला पार्न सकिएको छैन । यही चैत ५ गते अपराह्न चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटबाट नारायणी नदीमा एकजना युवतीसहित सैनिक जवान सरोज पोखरेल नदीमा हाम्म फालेका थिए ।    स्थानीयले दिएको जानकारीका आधारमा प्रहरी टोलीले महिलालाई सकुशल उद्धार गरे पनि पोखरेल बेपत्ता भएका थिए ।    आजसम्म पनि उनको अवस्था पत्ता नलागेको र खोजी जारी रहेको चितवनका प्रह ... बाँकी अंश»

फरक प्यानलका एक्ला विजयी पदाधिकारी पोखरेलद्वारा धन्यवाद ज्ञापन

२०७३ फाल्गुण २२ आइतबार, काठमाडौं । फरक प्यानलबाट एक मात्र विजयी भएका काँग्रैसी प्राध्यापकहरुको संगठन नेपाल प्रजातन्त्रबादी प्राध्यापक संघका सचिव डा विष्णुप्रसाद पोखरेलले विज्ञप्ती नै जारी गरी मतदाताहरुलार्इ धन्यवाद ज्ञापन गरेका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो महाधिवेशनमा आफूलाई सचिव पदमा विजयी गराउन विभिन्न तरिकाले सहयोग गरेका सवैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उनले कुनैपनि लोकतान्त्रीक संगठनमा निर्वाचन हुनु र हार÷जित हुनु स्वभाविक कुरा र ... बाँकी अंश»

नयाँ भवन खोज्दै अस्ट्रेलियाको भ्यागुते अस्पताल

२०७३ फाल्गुण २३ सोमबार, सिड्नी । अठार वर्ष पहिला स्थापना भइ स्थापनाकाल देखिनै भ्यागुताको उपचारमा निरन्तर सेवा सञ्चालन गर्दै आएको अस्ट्रेलियाको एक मात्र भ्यागुते अस्पतालःद कायन्र्स फ्रग हस्पिटललाई मौजूदा भवनबाट सर्नका लागि धौधौ परेको छ । द कायन्र्स फ्रग हस्पिटल, आफ्नो अलग्गै पहिचान बोकेको विश्वभरीकै एक मात्र भ्यागुते अस्पताल पनि हो भनी परिचत छ ।    बिरालोले छाउरा सारे झैँ स्थापनाकालदेखि अहिलेसम्म पाँच पटक विभिन्न स्थानमा सर्दै आइसकेको यस अस्पताल वर्तमान भवनमा स ... बाँकी अंश»

बाबुराम भट्टराईले आफ्नै पार्टीका केन्द्रीय परिषद सदस्यलाई ट्विटरमा ब्लक गरे !

२०७३ फाल्गुण १७ मंगलबार, काठमाडौं। पुर्व प्रधानमन्त्रि तथा नायँ शक्ती संयोजक डा. बाबुराम भट्टराईले नायँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य तथा एक नंबर प्रदेश सम्पर्क संयन्त्र संयोजक देव लिम्बुलाई सामाजिक संजाल ट्विटरमा ब्लक गरेका छन्।    लिम्बुले ट्विट गर्दै यसो भनेका छन् - 'म संलग्न नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले मलाई पनि ट्विटरमा ब्लक गर्नुभएछ । धन्यवाद भन्नू बाहेक म सँग अरु शब्द छैन बाबुरामजी ।'   भट्टराईले सराकरले स्थानीय तह निर्वाचनको घो ... बाँकी अंश»

स्त्री भक्त रावणको नजरमा महिलाका ७ अवगुण

२०७३ फाल्गुण १३ शुक्रबार, काठमाडौं । मान्छेलाई कसैको गुण कसैको अवगुण लाग्न सक्छ । मनपरेको मान्छेको गुण मननपरेको मान्छेको लागि अवगुण हुनसक्छ । तर, जुनसुकै महिलादेखे पनि आकर्षित भईहाल्ने रावणले भने आफ्नी प्रिय स्त्री वा श्रीमती मन्दोदरीको आधारमा महिलाहरुको विशेषतः ८ अवगुणहरुको बारेमा बताएको कुरा राम चरित्र मानसनामक पुस्तकमा उल्लेख गरिएको छ ।    जव सीताहरण गरिसकेपछि वानर सेनाहरु श्रीरामको नेतृत्वमा लंका गएका थिए । सो समयमा समुद्र पार गरी वानर सेना सहित आएका श्रीरामस ... बाँकी अंश»

पति विदेशमा, घरमा पत्नीको रहस्यमय मृत्यु

२०७३ फाल्गुण १० मंगलबार, गौशाला । महोत्तरी जिल्लाको सम्सी गाविसमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाविस–१ बस्ने शेष इस्तियाकी पत्नी २५ वर्षीया नसरीन खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।    पति वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकमा रहँदै आएका र नसरीन आफ्ना दुई ससाना छोरासहित आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार राति उनको शव उनकै कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए ।    स् ... बाँकी अंश»

तस्वीरमा हेर्नुहोस् विश्वका १० अति महंगा शहरहरु

२०७३ फाल्गुण ८ आइतबार, काठमाडौ । विश्वका अति मह‌ंगा शहरहरुको पछिल्लो सूची सार्वजनिक भएको छ । २०१७मा प्रकाशित १३ अौ वार्षिक डेमोग्राफिया इन्टरनेशनल हाउजिङ एफोर्डाबिलिटिया सर्भेको नाममा गरिएको अध्ययनले मह‌ंगा शहरहरुको पछिल्लो सूची सार्वजनिक गरेको हो ।    विभिन्न नौ मुलुकका कूल ४ सय ६ महानगरहरुमा गरिएको अध्ययनमा सबैभन्दा मह‌गो शहरको रुपमा चीनको हङकङ पहिलो नम्बरमा परेको छ । उक्त अध्ययन अस्ट्रेलिया, क्यानडा, हङकङ आयरल्याण्ड जापान न्यूजिल्याण्ड सिंगापुर बेलायत ... बाँकी अंश»

कृषि सडक सञ्चालित

२०७३ फाल्गुण १ आइतबार, बाजुरा । बडिमालिका नगरपालिका–९ मा निर्मित सिराडी– माउलेख– जिल्ली पाँच किमी कृषि सडक शनिबारदेखि सञ्चालन भएको छ ।    सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले सडक उद्घाटन गरे ।    जिविसको अनुदान सहयोगमा उपभोक्ता समितिको अगुवाइमा सिराडी माउलेख जिल्ली कृषि सडक निर्माण निर्माण भएको समितिका अध्यक्ष मदनराज पण्डितले बताए ।    सिराडी– माउलेख– जिल्ली कृषि सडक बनेपछि शनिबार से१ज ३१० र से१ज ९१९ नंका दुई ग ... बाँकी अंश»

के विपद् भयो त्यस्तोः सत्र वर्षीया युवती मृत फेला

२०७३ माघ २७ बिहिबार, खोटाङ । जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ मृत फेला परेकी छन् । मङ्गलबार रातिदेखि हराएकी रीताको खोजी गर्ने क्रममा सिम्पानी–७ स्थित जङ्गलमा बुधबार दिउँसो मृत फेला परेकी हुन् ।    सिम्पानी बजारको एक होटलमा काम गर्दै आएकी रीता बेलुकी आफ्नो घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन् ।    सिम्पानीस्थित शिव खड्काको होटलमा काम गर्दै आएकी रीता बिहान काम गर्न होटल जाने र बेलुकी आफ्नो घर फर्क ... बाँकी अंश»

रानीपोखरीको माटो परीक्षण गरिने, चार सय वर्षपछि सरसफाइ

२०७३ माघ २५ मंगलबार, काठमाडौँ । रानीपोखरीको माटो परीक्षण गरिएपछि मात्र सफा गर्ने काम सुरु गरिने भएको छ । रानीपोखरीको पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार खानी तथा भूगर्भ विभागले माटो परीक्षण गर्नेछ ।    पोखरीमा रहेको माटाले पानी कत्तिको सोस्छ भन्ने जाँच गर्न विभागले यसै साता माटो परीक्षण गर्न लागेको छ ।    गत पुसको पहिलो सातामा नै पोखरीमा रहेका सबै माछा अन्यत्र सारी पोखरी सफा गर्ने तयारी भए पनि माटो पर ... बाँकी अंश»

जलवायु परिवर्तनको असरः बेमौसममा गुराँस फुल्दा वनभरि राताम्मे

२०७३ माघ १९ बुधबार, जाजरकोट । उच्च पहाडी जङ्गलमा गुराँस फुल्ने मुख्य मौसम फागुनदेखि चैत र वैशाख हो, तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् । जिल्लाकै उच्च भाग बारेकोट क्षेत्रमा पुस पहिलो सातादेखि नै गुराँस फुल्न थालेको थियो । माघ लाग्दासम्म सदरमुकाम नजिकैको पाँचकाटिया क्षेत्र पनि गुराँसले ढाकेपछि हेर्ने र तस्बिर खिचाउनेको भीड लागेको छ ।    प्रायः फागुन पहिलो सातासम्म बढी चिसो रहने क्षेत्रमा मौसम पनि तातेको छ । “जलवायु परिवर्तनको प्रत्यक्ष असर ... बाँकी अंश»

वेवारिसे शिशुको शव फेला

२०७३ माघ १९ बुधबार, बाजुरा । कोल्टीमा बेवारिसे अवस्थामा एक शिशुको शव फेला परेको छ । कोल्टी– १ थिपिचौरस्थित माझ कुलोको नहरमा शव भेटिएको प्रहरीले बताएको छ ।    शव मंगलबार बिहान नुहाउन गएका स्थानीयले देखेपछि प्रहरीको रोहबरमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो ।    कोल्टी विमानस्थल सुरक्षा गार्डका प्रहरी निरीक्षक डम्बरबहादुर थापाले कसैले अवैध यौन सम्बन्धपछि जन्मिएको शिशु मारेर फालेको हुनसक्ने बताउँदै अनुसन्धान भइरहेको बताए ।    शव प ... बाँकी अंश»

Total:222

नयाँ