निर्वाचन

राष्ट्रिय सभाको चुनावबारे दलहरुसँग आयोगको छलफल, माघ १२बाट फेरि आचारसंहिता लाग्ने

२०७४ माघ २ मंगलबार, काठमाडौं । निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको परिणाम एवं राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीसम्बन्धमा छलफल गरेको छ ।  ... बाँकी अंश»

प्रदेशसभा सिट बाँडफाँडमा एमाले र माओवादीबीच यस्तो रस्साकस्सी  

२०७४ माघ १ सोमबार, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रले चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ । ... बाँकी अंश»

काँग्रेस उम्मेदवार सुरजले बुझाए चुनाव खर्च 

२०७४ पौष २६ बुधबार, काठमाडौं । प्रदेश सभा निर्वाचनका उम्मेदवार नेपाली काँग्रेसका नेता सुरजचन्द्र लामिछानेले चुनाव खर्च बुझाएका छन् । ... बाँकी अंश»

किन सच्यायो काँग्रेसले प्रदेशसभा समानुपातिकका नाम ? 

२०७४ पौष २१ शुक्रबार, काठमाडौं । नेपाली काँग्रेसले प्रदेशसभातर्फ समानुपातिकको नाम सच्याएर पठाएको छ । नियमअनुसार नपठाएका कारण निर्वाचन आयोगले पत्राचार गरेपछि काँग्रेसले चार जनाको नाम सच्याएर पठाएको हो । ... बाँकी अंश»

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

२०७४ पौष १६ आइतबार, काठमाडौँ । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिइएको छ । आयोगले गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन तथा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दलहरूलाई निर्वाचन खर्च पेश गर्न आइतवार निर्देशन दिएको हो । ... बाँकी अंश»

प्रदेश नं २ को राजधानी राजविराज नै किन ? रामराजाप्रसाददेखि गजेन्द्रनारायणसम्मको जन्मथलो 

२०७४ पौष १६ आइतबार, राजविराज । मुलुकमा लोकतन्त्र प्राप्तिका लागि सप्तरीवासीले नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रदेश नं २ को राजधानी राजविराज नै हुनुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । ... बाँकी अंश»

सुनसरी क्षेत्र ३ : मतगणना विवादको मुद्दामा दुवै पक्षलाई बोलाइने

२०७४ पौष १४ शुक्रबार, काठमाडौं। सर्वोच्च अदालतले सुनसरी निर्वाचन क्षेत्र ३ को पुनःमतगणनाको मुद्दामा सो क्षेत्रका नेपाली कांग्रेसका विजयी उम्मेदवार विजयकुमार गच्छदार र निर्वाचन आयोग दुवैलाई छलफलका लागि बोलाउने भएको छ। ... बाँकी अंश»

राप्रपा प्रजातान्त्रिकको कार्यसम्पादन समितिको बैठक

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । राप्रपा प्रजातान्त्रिकको कार्यसम्पादन समितिको बैठक पार्टी मुख्यालयमा बस्दैछ । शुक्रबार बिहान ११ बजेका लागि डाकिएको बैठकमा प्रदेश सभामा समानुपातिकबाट सदस्य छानिने छ । ... बाँकी अंश»

कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु, समानुपातिकको टुङ्गो लाग्दै

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । ... बाँकी अंश»

राप्रपा राष्ट्रवादीले भन्यो –संगठन सुदृढ नभएर चुनाव हारियो 

२०७४ पौष १२ बुधबार, काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीको बुधबार सम्पन्न उच्चस्तरीय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशमा आगामी माघदेखि फागुनसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ... बाँकी अंश»

गच्छदारले जितेको ठाउँमा एमालेकी उम्मेदवारले हालिन् सर्वोच्चमा पुनः मतगणनाको माग गर्दै मुद्दा

२०७४ पौष ११ मंगलबार, काठमाडौँ । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार नेकपा एमालेकी भगवती चौधरीले मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छिन् । ... बाँकी अंश»

रसुवाका सांसदको पहिलो प्राथमिकता –  ‘भूकम्पपछिको पुनःनिर्माण’

२०७४ पौष ९ आइतबार, काठमाडौँ । हिमाली जिल्ला रसुवाका नवनिर्वाचित सांसदहरुले भूकम्पले क्षति पुर्याएको संरचनाको पुनःनिर्माण आफूहरुको पहिलो प्राथमिकता भएको बताएका छन् । ... बाँकी अंश»

नेपालको निर्वाचन अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप : कार्टर सेन्टर

२०७४ पौष ७ शुक्रबार, काठमाडौं। कार्टर सेन्टरले नेपालमा हालै सम्पन्न निर्वाचन प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप भएको टिप्पणी गरेको छ। आज प्रकाशित एक विज्ञप्तिमा सेन्टरले प्रथम र दोस्रो चरण निर्वाचनमा विभिन्न २७ जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने अवसर पाएको र खटिएका पर्यवेक्षकले राम्रो नै पहुँच पाएको उल्लेख गरेको छ। ... बाँकी अंश»

प्रदेशसभाको समानुपातिक नतिजाः थ्रेसहोल्ड कति, कसले कटायो थ्रेसहोल्ड ?

२०७४ पौष ७ शुक्रबार, काठमाडौँ । राजनीतिक दलहरूले सातवटै प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गर्ने सिट सङ्ख्या शुक्रबार पाउने भएका छन् । ... बाँकी अंश»

कञ्चनपुरका ४७ उम्मेदवारको धरौटी जफत

२०७४ पौष ६ बिहिबार, कञ्चनपुर । कञ्चनपुरका विभिन्न राजनीतिक तथा स्वतन्त्रबाट निर्वाचनमा भाग लिएका ४७ जना उम्मेदवारको धरौटी जफत भएको छ । गत मंसिर २१ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत कटाउन नसक्दा उनीहरुको धरौटी जफत भएको हो । ... बाँकी अंश»

पराजित भए पनि निराश नभई मतदातालाई धन्यबाद दिन गाउँगाउँ गए काँग्रेस नेता रमेश लेखक

२०७४ पौष ६ बिहिबार, कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ नेपाली काँग्रेसबाट प्रतिनिधी सभा सदस्यमा पराजित उम्मेदवार रमेश लेखक मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका छन् । ... बाँकी अंश»

पाल्पामा ४१ उम्मेदवारको जमानत जफत

२०७४ पौष ५ बुधबार, पाल्पा। मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाल्पाका ४१ जना उम्मेदवारको जमानत जफत भएको छ। जिल्लामा उम्मेदवार बनेका बामगठबन्धन र कांग्रेस बाहेकका उम्मेदवारको धरौटी जफत भएको हो।  ... बाँकी अंश»

दीपकुमार उपाध्याय धन्यबाद दिन गाउँगाउँमा, नयाँलाई घरको स्वीच खोज्दै हैरान 

२०७४ पौष ५ बुधबार, जितपुर । प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्याय मतदातालाई धन्यवाद दिन यतिबेला गाउँ दौडाहामा व्यस्त छन् । ... बाँकी अंश»

काठमाडौंबाट ३ सय १३ जना उम्मेदवारको धरौटी जफत

२०७४ पौष ४ मंगलबार, काठमाडौं। गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा काठमाडौँ जिल्लामा ३१३ उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभातर्फ १४४ र प्रदेशसभातर्फ १६९ उम्मेदवारको धरौटी जफत भएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराए। ... बाँकी अंश»

महोत्तरीमा समानुपातिकतर्फ राजपा पहिलो र एमाले पाँचौं

२०७४ पौष ४ मंगलबार, गौशाला । महोत्तरी जिल्लामा गत मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ राजपा नेपाल बढी मत ल्याएर पहिलो भएको छ भने नेकपा (एमाले) पाँचौं स्थानमा पुगेको छ । ... बाँकी अंश»

नयाँ