प्रदेश सरकार

प्रदेश ४ को नाम तमुवान-मगरात राख्न माग 

२०७४ फाल्गुण ९ बुधबार, पोखरा । संघीय समाजवादी फोरम नेपाल तमुवान–मगरात(प्रदेश ४)प्रादेशिक समितिले यस प्रदेशलाई तत्कालका लागि तमुवान-मगरात ... बाँकी अंश»

प्रदेश २ को पहिलो निर्णय बिरुद्धै सर्वोच्चमा रिट, मुख्य न्यायाधिवक्ता झाको नियुक्ति खारेजीको माग

२०७४ फाल्गुण ८ मंगलबार, काठमाडौं । योग्यता नपुगेको व्याक्तिलाई प्रदेश २ को मुख्य न्यायधीवक्ता नियुक्त गरेको भन्दै प्रदेश नम्वर २ को सरकार विरुद्ध सर्वोच्चमा रिट परेको छ । योग्यतै नपुगेका व्यक्तिलाई मुख्य न्यायधीवक्ता नियुक्त गरेको भन्दै अधिवक्ता द्वय मधुकर पाठक र डिल्ली प्रसाद न्यौपानेले मंगलवार प्रदेश नम्वर २ को सरकार विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । ... बाँकी अंश»

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा कोइराला

२०७४ फाल्गुण ८ मंगलबार, इनरुवा । प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन् । ... बाँकी अंश»

प्रदेश ५ मा उपसभामुखको चयन हुँदै, उपस्थितिका लागि बाम ह्विप

२०७४ फाल्गुण ६ आइतबार, बुटवल । नेकपा एमाले प्रदेशसभा–५ को संसदीय दलको कार्यालयले गठबन्धनबाट निर्वाचित सांसदहरुलाई आइतबार बस्ने प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ । ... बाँकी अंश»

प्रदेश ७ मा मन्त्री र मन्त्रालयको टुंगियो भागबन्डा

२०७४ फाल्गुण ५ शनिबार, धनगढी । शनिवार धनगढीमा मुख्यमन्त्री त्रिलोचन भट्ट र ६ जना मन्त्रीले सपथ ग्रहण गरे संगै प्रदेश नम्बर ७ मा बाम गठबन्धन बिच मन्त्रालयको भागबन्डा टुंगिएको छ । ... बाँकी अंश»

प्रदेशले घरजग्गादेखि मनोरञ्जन करसम्म उठाउन सक्ने

२०७४ फाल्गुण ५ शनिबार, काठमाडौँ । करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको छ । घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार प्रदेशलाई प्रत्यायोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । ... बाँकी अंश»

प्रदेश ५ को उपसभामुखमा उम्मेदवारी दिने थारु को हुन् ?

२०७४ फाल्गुण ५ शनिबार, बुटवल । प्रदेश नं ५ को उपसभामुख पदका लागि कृष्णी थारुले शनिवार प्रदेशसभा सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवारका रुपमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । थारु एमालेबाट प्रदेशसभा सदस्य हुन्। ... बाँकी अंश»

प्रदेश ६ का मुख्यमन्त्री शाहीको पाँच योजना सार्वजनिक

२०७४ फाल्गुण ४ शुक्रबार, सुर्खेत । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शेक्रवार अपराह्न पदभार ग्रहण गरेका छन् । नेपालको संविधान को धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्रीमा नियुक्त शाहीलाई प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले आज शपथ गराएका हुन् । ... बाँकी अंश»

मुख्यमन्त्री गुरुङले लिए सपथ, माओवादी केन्द्रबाट २ मन्त्री सिफारिस

२०७४ फाल्गुण ४ शुक्रबार, पोखरा। माओवादी केन्द्रले ४ नम्वर प्रदेश सरकारमा पठाउनका लागि २ मन्त्री सिफारिस गरेको छ । माओवादीले संसदीय दलका नेता हरिबहादुर चुमान र गोरखाका सांसद लेखबहादुर थापालाई मन्त्रीका लागि नाम पठाएको हो । ... बाँकी अंश»

प्रदेश राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड

२०७४ फाल्गुण ४ शुक्रबार, भक्तपुर । प्रदेश नं ३ को स्थायी राजधानी हेटौडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधी तथा प्रदेश सांसदहरुले जोड दिएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी सांसदहरुले यस्तो जोड दिएका हुन । ... बाँकी अंश»

शाहीले मुख्यमन्त्रीको नियुक्ति बुझ्दा विद्युत प्राधिकरणको 'ब्ल्याकआउट' ! 

२०७४ फाल्गुण ४ शुक्रबार, सुर्खेत । लामो विवादपछि मुख्यमन्त्री बनेका माओवादी नेता महेन्द्र बहादुर शाहीले नियुक्तिको पत्र बुझ्नेबेला विद्युत प्राधिकरणले भने धोका दिएको छ । ... बाँकी अंश»

प्रदेश ५ मा ३ सदस्यीय मन्त्रीमण्डल, मुख्यमन्त्रीको नाममा ४ मन्त्रालय

२०७४ फाल्गुण ३ बिहिबार, बुटवल । प्रदेश नम्बर ५ मा ३ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । यस प्रदेशको मुख्यमन्त्रीको रुपमा शंकर पोखरेल र २ मन्त्रीहरुले बिहिवार सपथ ग्रहण गरेका हुन् । संबिधानको धारा १३८ को उपधारा ९ बमोजिम गठन भएको ३ सदस्यीय मन्त्रीमण्डलमा एक एमाले र एक माओवादी केन्द्रका मन्त्री छनोट भएका छन् । ... बाँकी अंश»

त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्रीमा नियुक्त, को हुन् भट्ट ?

२०७४ फाल्गुण ३ बिहिबार, धनगढी । ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा त्रिलोचन भट्टलाई प्रदेश प्रमुख मोहनराज मल्लले बिहीबार नियुक्त गरेका छन् । बाम गठबन्धनका ३८ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रमुखसमक्ष बुधबार दावी पेश गरिए पछि प्रदेश प्रमुख मल्लले भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन । ... बाँकी अंश»

एमालेका मण्डल प्रदेश २ को संसदीय दलको नेतामा बिजयी

२०७४ फाल्गुण ३ बिहिबार, महेन्द्रनगर, धनुषा । प्रदेश नम्बर २ को नेकपा एमालेको संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित भएका छन् । ... बाँकी अंश»

मुख्यमन्त्री पोखरेलको सपथ ३ बजे

२०७४ फाल्गुण ३ बिहिबार, बुटवल । प्रदेश नम्बर ५ को मुख्यमन्त्री शंकर पोखरेलले बिहिबार दिउँसो सपथ ग्रहण गर्दै छन् । ... बाँकी अंश»

शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्री नियुक्त, को हुन् पोखरेल ?

२०७४ फाल्गुण २ बुधबार, दाङ । एमाले प्रदेश ५ को संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । ... बाँकी अंश»

प्रदेश ७ मा माओवादी नेता त्रिलोचनद्वारा मुख्यमन्त्रीमा दावी

२०७४ फाल्गुण २ बुधबार, धनगढी । प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि माओवादी नेता त्रिलोचन भट्टले प्रदेश प्रमुख मोहनराज मल्ल समक्ष बुधबार दाबी पेश गरेका छन् । ... बाँकी अंश»

प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त

२०७४ फाल्गुण २ बुधबार, मोरङ । प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले बुधवार एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ... बाँकी अंश»

प्रदेश ५ को सभामुखमा घर्ती निर्विरोध

२०७४ फाल्गुण २ बुधबार, प्रदीप आचार्य, बुटवल । प्रदेश नम्बर ५ को बुधबार भएको दोस्रो बैठकबाट प्रदेशसभा ५ को सभामुखमाा नेकपा माओवादी केन्द्रका पूर्णबहादुदर घर्ती निर्विरोध चयन भएका छन् । ... बाँकी अंश»

प्रदेश २ को मुख्यमन्त्रीमा राउत नियुक्त, भने - 'मधेसी शहीदको सपना साकार भयो'

२०७४ फाल्गुण २ बुधबार, महेन्द्रनगर, धनुषा । प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त भएका छन् । राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए । ... बाँकी अंश»

Total:109

नयाँ