बिशेष

नयाँ दल निर्माण र परम्परागत दलका रूपान्तरण सम्वन्धमा

२०७४ बैशाख ३ आइतबार, संविधान बनिसकेको छ तर कार्यान्वयन हुन सकेको छैन। चुनावको घोषणा भैसकेको छ तर हुने नहुने निश्चितता छैन । जताततै दलदल र अलमल । एउटा कुरा के निश्चित छ भने मुलुकले भोग्नु परेको यी दलदल र अलमल सबैजसो पार्टीका नेतृत्व तहकाहरुको अक्षमताको कारण भोग्नु परेको हो। ... बाँकी अंश»

प्रचण्डको चीन भ्रमण (अ)वैयक्तिक (अ)सफल

२०७३ चैत १९ शनिबार, बेजिङ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साताव्यापी चीन भ्रमण सम्पन्न भइसकेको छ र उनको यस सद्भाव भ्रमण के कति सफल–असफल रह्यो भन्ने चर्चा सबैतिर छ। यसलाई मापन गर्न समय, स्थिती, परिस्थिती, दृष्टिकोण, भेटवार्ता, सम्झौता, प्रतिबद्धता, मौखिक सम्झौता कार्यान्वयन हुने नहुने यी विविध तत्वबाट अनि पत्रपत्र केलाउनु पर्ने हुन्छ। साथै प्रधानमन्त्री प्रचण्डको भनाईमा यो सद्भाव भ्रमण थियो र यसलाई वैयक्तिक या राष्ट्रप्रमुखको हैसियतमा पनि केलाउन सकिन्छ।& ... बाँकी अंश»

गगन थापालाई खुलापत्र

२०७३ चैत १६ बुधबार, तिमीले आज फेरी दोहोर्‍याएछौ जावलाखेल सम्पन्न एउटा कार्यक्रममा, ‘१३ वर्षसम्म मेरो ल्याकतले भ्याएसम्म देश र जनताका लागि राजनीति गर्छु, त्यसपछि मैले बिश्राम लिने हो।’ मलाई पहिला पनि तिमीले यो भन्दा चित्त बुझेको थिएन । आज लेख्नै मन लागेर यो धृष्टता गर्दैछु ।   सुरुमा अलिकति दार्शनिक कुरा पनि गरूँ: पश्चिमी दार्शनिक अरिस्टोटलले ‘आदर्श राज्य’मा राजनीतिज्ञ ५० बर्षमाथिको हुनुपर्छ भनेका छन् । अमेरिकी राजनीतिज्ञ रोबर्ट केनेडीले उमेरको रेखालाई ... बाँकी अंश»

प्रचण्डको चीनप्रतिको आकर्षण

२०७३ चैत ११ शुक्रबार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार चीन पुगिसकेका छन्। उनले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङसँग चैत्र १४ गते सोमबार शिष्टाचार भेट गर्ने भएका छन्।   प्रधानमन्त्री प्रचण्डले चीनको हाइनान प्रान्तमा चैत १० देखि १३ सम्म हुने 'पोआओ (बोआओ) फोरम फर एशिया' सम्मेलनको चैत्र १२ शनिबार हुने समुद्घाटन समारोहमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ जहाँ उनलार्इ विशेष वक्ताका रूपमा निमन्त्रणा गरिएको हो। त्यस समारोहपछि अपरान्ह पैचिङ (बेजिङ) आइपुग्न ... बाँकी अंश»

सिक्न त हामी के सिकौंला र !

२०७३ चैत ९ बुधबार, काठमाडौ छिर्नासाथ मेरो पहिलो आश्रयस्थल बनेको थियो– वागवजारस्थित प्रेमपूर्ण कर्माचार्यको घर । ३४ वर्ष पुरानो यही सम्बन्धलाई बिट मार्दै उहाँ सोमबार बित्नुभयो । अप्रत्यासित खबर सुनेर म मोडल हस्पिटल पुग्दा– चिकित्सकहरुले उहाँको ‘आँखा–दान’को सत्कर्र्म थाल्दै रहेछन् । झ्वास्स भेट भयो – प्रेमसागर दाइ र प्रितमजीसँग । नेपालको रक्तदान इतिहासका उन्नायक प्रेमसागर दाइको मोबाइल बज्ने क्रम सदाझैं तीव्र थियो । त्यस्तैमा ९८५१००४२५९ बाट एउटा फोन आ ... बाँकी अंश»

विश्वका दशवटा खुशी तथा दुखी राष्ट्रहरुको एक झलक, नेपाल ९९औं

२०७३ चैत ८ मंगलबार, वासिङ्गटन। तपार्इं आफूलाई सुख लाग्ने स्थानमा बसी जीवनयापन गर्ने इच्छा गर्नुहुन्छ र यसका लागि तपाईंलाई पैसाभन्दा बढी अरु चिजकै आवश्यकता पर्छ । जाडो यामका लागि जसरी एउटा भुवादार कोट भएपुग्छ, ।    त्यसैगरी केवल सुखी समाजको परिकल्पनामा इमान्दारीपूर्वक रमेर (सेन्स अफ कम्युनिटि) आफनो जीवनलाई सुखमय तुल्याउन सकिन्छ ।    सुख कहाँ छ ? सुखको खोजी गर्ने ग्लोबल साइन्टिफिक स्टडिजलगायत विश्वका केही चर्चित स्वतन्त्र संस्थाले हालै एक अनुसन्धानात्मक प ... बाँकी अंश»

के उदार अन्तर्राष्ट्रियतावाद मरेको हो ?

२०७३ चैत ३ बिहिबार, मेडफर्ड । एक सय वर्ष अगाडि यसै महिना, पहिलो विश्वयुद्धमा प्रवेश गर्ने वा नगर्ने भन्ने विषयमा अमेरिकी राष्ट्रपति उड्र विल्सन चिन्तित थिए । केही महिना अगाडि विल्सनले तटस्थताको नीतिका विषयमा समेत अभियान सञ्चालन गरि पुनः निर्वाचन जितेका थिए र अब उनी ‘‘अमेरिका प्रथम’’ भन्ने नाराका साथ त्यसलाई परित्याग गर्ने तयारीमा थिए । उल्सनले अलवम्बन गरेको सिद्धान्तको प्रत्यक्ष विपरीत विदेश नीतिको अडान प्रबर्धन गर्न ८० वर्षभन्दा बढी समयपछि पहिलो पटक अमेरि ... बाँकी अंश»

सडकपेटीमै राजनीति गर्ने नेता रामहरि ढुंगेलको अवशान !

२०७३ चैत ३ बिहिबार, काठमाडौं । भनिन्छ, सच्चा नेताले आडम्बरी देखाउँदैन । उसले धेरै आश्वासन पनि बाँड्दैन । आफूसंग जे छ त्यसैको सदुपयोग गर्छ । नभन्दै ठ्याक्कै त्यही आदर्शलाई पछ्याइरहने नेपाली काँग्रेसका नेता रामहरि ढुंगेल सायदै कसैलाई आश्वासन बाँडेर पूरा नगरी गएहोलान् ।   सामान्य जीवन जीउँदा जीउँदै उनी अप्रत्याशित बितेका छन् । उच्च रक्तचाप र ग्यास्ट्राइटिसले सताइएका उनी काठमाडौंस्थित डिल्लीबजारको एक कोठामा बस्थे । उनको दैनिकी बाटुलेघरको एक चिया पसलमा चिया खाँद ... बाँकी अंश»

हिन्दु २७ संस्कारहरुका बैज्ञानिक आधारहरु

२०७३ फाल्गुण २६ बिहिबार, नेपाली समाजमा गरिने विभिन्न संस्कारहरु आ-आफ्नो आस्था अनुसार धर्मसँग जोडिएका हुन्छन् । ति संस्कारहरु कुनै न कुनै तवरले रहनसहन, भौगोलिक बनावट, समयसापेक्ष अनुसार प्रभावित भएका हुन्छन् । पुर्खादेखि चली आएका यी विविध संस्कारहरु एक पुस्ताबाट अर्को पुस्ता हस्तान्तरण हुँदा कारणहरु हस्तान्तरण नहुनु, तिब्र बसाइ सराईको कारण अन्य जाति तथा धर्महरुको समिश्रण हुँदै जानु तथा नयाँ पुस्ताहरुमा पश्चिमेली संस्कारको हावी बढ्दै जानुले गर्दा बाजे बराजुहरुले गर्दै ... बाँकी अंश»

अमेरिकाको उत्कृष्ट राष्ट्रपतिमा ओवामा १२ औं, अब्राहम लिंकन १७ वर्षदेखि पहिलो

२०७३ फाल्गुण २६ बिहिबार, काठमाडौं । अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले अहिले कार्यभार सम्हालिरहेका छन् । उनको विजयसँगै उनी चर्चामा त छन् तर आलोचनात्मक चर्चाका कारण उनको प्रसिद्धी सकारात्मक भन्दा पनि नकारात्मक हुने आरोप लगाईने गरेको छ । तर, अमेरिकामा अहिलेसम्म राम्रो काम गर्ने राष्ट्रपति कोको हुन् त ? यो मान्छेलाई चासोको विषय बन्न सक्ला ।    यही चासो पूरा गर्नको लागि अमेरिकी एक अनुसन्धान कम्पनी सी स्पानले अमेरिकी राष्ट्रपतिहरुको प्रसिद्धीको अनुसन ... बाँकी अंश»

नारी दिवस किन मनाउने ?

२०७३ फाल्गुण २५ बुधबार, काठमाडौ । स्कुलमा रिजल्ट आउने तयारी हुदै थियो, कक्षा ५ मा जेहेन्दार तथा मेधावी कहलिएको विद्यार्थी म सबैले दोस्रो हुने दावेदारी प्रस्तुत गरेका थिए कारण त्यो कक्षामा सधै केटी मात्र प्रथम हुने प्रथा जस्तै बनिसकेको थियो | तर एकाएक दोस्रो स्थानमा प्रथम हुनेको नाम आएपछि सबको नजर म माथि पर्यो र मेरो नाम प्रथम स्थानमा आयो |    त्यसपछि बधाई दिनेको ओहिरो लाग्यो सम्पूर्ण स्कुलका विद्यार्थीहरुको र मेरा साथीहरुको उत्सव थियो एक नारीको हारको | मलाई पनि बदला पु ... बाँकी अंश»

आमाहरुले धानेको समाज

२०७३ फाल्गुण २५ बुधबार, उनि त्यो गाउँको माटो,हावापानिसँग भिजेको करिब तिन दशक पुग्न लाग्यो । यस पटक उनले त्यहि क्षेत्रको प्रतिनिधित्व गर्दै स्थानिय निकायको नेतृत्वमा पुग्ने ठुलो सपना साँचेकी छन् । करिब ३० बर्ष अगाडि बिहे गरेर त्यो ठाउँमा आउदा उनीसँग कुनै कल्पना थिएन र यो स्थितिमा पुग्ने सम्भावना पनि देखेकि थिईनन् । उनि अर्थात सीतादेबी जसले आफ्नो जिवनका महत्वपूर्ण र उर्जावान धेरै समय त्यस ठाउँमा खर्चेकि छन् ।    विवाह गरेर त्यो गाउँमा आउदा सीतादेवि १६ बर्षको कलिलो उम ... बाँकी अंश»

किम जोङ्ग हत्याले चिसिएको मलेसिया -उत्तर कोरिया सम्बन्ध

२०७३ फाल्गुण २२ आइतबार, काठमाण्डौ। उत्तर कोरियाका शासक किम जोङ्ग उनका सौतेला दाइ किम जोङ्ग नामको गतः १३ फेब्रुअरीका दिन मलेसियाली राजधानी क्वालालम्पुरको अति ब्यस्त विमानस्थलमा रहस्यमय हत्या भएपछि मलेसिया र उत्तर कोरियबीचको सम्बन्धमा चिसोपन आएको छ ।    नाम–हत्याकाण्ड पश्चात् उत्तर कोरिया र मलेसियाबीच गाँसिएको पुरानो दौंत्य सम्बन्ध तुरुन्तै चिसिएर जानुका साथै दुई देशबीच राजनीतिक शीतयुद्ध शुरु भएको छ । यसअघि, उत्तर कोरिया र मलेसिया विश्व सामु दुई अभिन्न मित्र र ... बाँकी अंश»

प्रधानमन्त्री दाहालले मंगलबार देशबासीको नाममा गरेको सम्बोधन (पूर्णपाठ)

२०७३ फाल्गुण १७ मंगलबार, स्वदेश र विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, १. सबैभन्दा पहिले म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणका लागि आत्मबलिदानको कीर्तिमान रच्ने बीर शहिदहरु, बेपत्ता र अङ्गभङ्ग योद्धाहरू र महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, जनजाति र विभिन्न समुदायका संघर्षका योद्धाहरुप्रति हार्दिक श्रद्धाञ्जली र सम्मान प्रकट गर्दछु । र, न्यायपूर्ण र समुन्नत नेपाल निर्माण गर्ने वीर शहिदहरुका सङ्कल्प र सपना पूरा गर्न जीवनभ ... बाँकी अंश»

'राजनीतिमा होमिन बीबीसीबाट राजीनामा'

२०७३ फाल्गुण १७ मंगलबार, काठमाडौ । केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव छैन भन्ने तर्क गर्दै आएको कतिपय पाठक तथा शुभेच्छुकलाई विदित नै छ।   त्यस्तो सुसंस्कृत राजनीतिको सशक्त जग निर्माण गर्न सके दशकौंको स्वार्थल ... बाँकी अंश»

सरकारले जवरजस्ती संशोधन प्रस्ताव अगाडि बढाए नैतिकता प्रयोग गरिन्छ –दिलनाथ गिरी

२०७३ फाल्गुण १७ मंगलबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले यथास्थितिमा सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाउने हो भने नैतिकताको प्रयोग गर्ने जनाएको छ । यथास्थितिमा सरकारले संसदमा पेश गरेको संविधान संशोधनमा आफूहरुको सहमति नभएको भन्दै सत्ता साझेदार राप्रपाले परिस्थिति अनुकुल नभए सरकार छाडेर विपक्षमा मतदान गर्ने जनाएको हो ।    राप्रपा संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले हाम्राकुरासंगको कुराकानीमा मधेसी मोर्चालाई खुशी पार्न संविधान संशो ... बाँकी अंश»

मुलुकलाई दुर्घटनाबाट बचाउन संविधान संशोधन गरी चुनावमा जानुपर्छ – योगेन्द्र चौधरी

२०७३ फाल्गुण १६ सोमबार, काठमाडौं । व्यवस्थापिका संसदमा संविधान संशोधनको विषय अगाडि बढ्नेमा शंका भइरहेका बेलामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले संविधान संशोधन नै अहिलेको राजनीतिक अस्थिरताको एकमात्र विकल्प भएको बताएको छ ।   फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले हाम्राकुरासंगको विशेष कुराकानीमा संविधान संशोधनमार्फत निकास खोज्न शीर्ष दलहरुलाई आग्रहसमेत गरेका छन् ।    उनले संविधान संशोधन गरेरमात्र स्थानीय निकायको निर्वाचन गरिन ... बाँकी अंश»

वर्ड इकोनोमिक फोरमले आत्मनिर्भरलाई देखाएको सफलताका तीन सूत्र

२०७३ फाल्गुण १५ आइतबार, काठमाडौं । अरुको अधीनमा बसेर काम गर्ने मन कसको पो हुन्छ र ? तर, अरुको अधीनमा बसेर काम गर्ने चाहाना छैन भन्दैमा झट्ट आत्मनिर्भर बन्नेबाटो तर्फ लाग्न पनि सहज छैन । किनकी आत्मनिर्भरताको बाटो आफैंमा जोखिमपूर्ण बाटो हो । अझ यसको सुरुवाती समयत झनै जोखिमपूर्र्ण हुन्छ ।    ‘सपना लिनूस् र त्यो सपना पूरा हुन्छ’ त धेरै दार्शनिक पुस्तकहरुले दिने दर्शन हुन् । सपना देखेपछि पूरा हुन्छ भन्ने दर्शन पनि धेरैले दिने गर्दछन् । तर, सफलता प्राप्त कसरी हुन्छ भन्ने व ... बाँकी अंश»

नेपाली राजनीति विचारविहीन हुँदैछ, थ्रेसहोल्ड त्यसकै नमूना हो – नारायणमान विजुक्छे

२०७३ फाल्गुण १३ शुक्रबार, काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेपाली राजनीति विचारविहीन हुँदै गएको बताएका छन् । हाम्राकुरासंगको विशेष कुराकानीमा नेता विजुक्छेले अहिले संसदमा पेश भएको थ्रेसहोल्डको विषय राजनीतिलाई विचारविहीन बनाउने षडयन्त्रबाट नजिक रहेको बताए ।    उनले दलहरु वैचारिक भावनाले चल्नुपर्नेमा बल, पैसा र शक्तिबाट केन्द्रीत हुँदै गएको स्पष्ट पारे । थ्रेसहोल्ड राखिंदा विचारको राजनीति सकिने उनको दाबी छ ।    आफूहरुले थ् ... बाँकी अंश»

महाशिवरात्रि: पशुपतिमा मस्त बाबाहरु..... (फोटोफिचर)

२०७३ फाल्गुण १२ बिहिबार, काठमाडौं। महाशिवरात्रि पर्व नजिकिएसंगै आराध्यदेव पशुपतिनाथमा चहलपहल सुरु भएको छ। हिन्दुहरुको महान् पर्व महाशिवरात्रिमा देश विदेशबाट साधु सन्तहरु काठमाडौं भित्रिएका छन्। पशुपति परिसरमा जोगीहरु मस्त देखिएका छन्।    गाँजा, भाँगको नशामा लठ्ठ रहने बाबाहरु अनेक चर्तिकला गरिरहेका भेटिएका छन्। शरीरमा खरानी धसेर धूनी तापेर बसिरहने बाबाहरु आध्यात्मदेखि विज्ञानसम्मका कुरा गरिरहेका भेटिएका थिए। कोही भने नशामा रम्न नै बाबाको भेषमा रहेको जस्तो द ... बाँकी अंश»

नयाँ