अर्थ

ठेक्का सम्झौता भएको तेह्र वर्षमा पनि काम भएन : मन्त्री साह

२,०७४ श्रावण ७ शनिबार, काठमाडौँ । सहरी विकासमन्त्री प्रभु साहले २०६१ सालमा सम्झौता भएको ठेक्काको काम अझै हुन नसकेको बताएका छन् । रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री साहले जिम्मेवारी लिई काम नगर्ने जोसुकैलाई कडा कार्बाही गर्ने तयारी गरिएको सुनाए । ... बाँकी अंश»

ठेकदारले तटवन्ध निर्माणको काम छाडेपछी आधादर्जन गाँउ वाढीको जोखिममा

२,०७४ श्रावण ७ शनिबार, विराटनगर । पुर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका–५ स्थित जयनगरमा वक्राहा नदिमा निर्माणधिन अवस्थामा रहेको तटवन्धको निर्माणको काम ठेकदारले छाडेपछी सो क्षेत्रका आधादर्जन गाँउ जोखिममा परेका छन ।वक्राहा नदिले गतवर्ष भत्काएको पाचसय मिटर तटवन्ध निर्माणको काम निकिता कन्ट्रकस्नले छाडेपछी तटवन्धको काम अलपत्र हुदा गाँउ जोखिममा परेको हो । ... बाँकी अंश»

साताको शेयर : चार अर्ब बढीको कारोबार

२,०७४ श्रावण ७ शनिबार, काठमाडौँ। धितोपत्र बजारमा यस साता चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको छ । कूल १६५ कम्पनीको ८७ लाख ५३ हजार ८८० कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । ... बाँकी अंश»

१५० वर्षको परम्परा तोड्दै आर्थिक वर्ष परिवर्तन गर्ने तयारीमा भारत

२,०७४ श्रावण ७ शनिबार, काठमाडौं । भारत सरकार अहिलेको वित्त वर्ष परिवर्तन गर्ने तयारीमा पुगेको छ । १ सय ५० वर्षदेखि चलिआएको प्रणालीलाई परिवर्तन गर्दै भारत सरकारले जनवरीदेखि डिसेम्बरसम्मलाई वित्त वर्षको रुपमा मनाउने तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय अर्थमन्त्री अरुण जेट्लीले शुक्रबार भारतको संसद्मा सोधिएको एक प्रश्नको उत्तर दिने क्रममा यस्तो बताएका थिए ।  ... बाँकी अंश»

पच्चीस लाख अलैँचीका बिरुवा बिक्री

२,०७४ श्रावण ६ शुक्रबार, लमजुङ (बेँसीशहर)। जिल्लामा २५ लाखभन्दा बढी अलैँचीका बिरुवा बिक्री भएको छ । जिल्लाका विभिन्न नर्सरीबाट दुई करोड भन्दा बढी मूल्यका बिरुवा बिक्री भएको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष अजय तामाङले जानकारी दिए । ... बाँकी अंश»

पाँच सयको नक्कली नोटसहित एक व्यक्ति पक्राउ

२,०७४ श्रावण ६ शुक्रबार, राजविराज। पाँचसयको नकली नोटसहित राजविराज– १० निवासी मुकेश यादव पक्राउ परेका छन् । राजविराजबाट टेम्पु चढेर तिलाठीस्थित भारतीय बजार कुनौली पुगेपछि चालकलाई भाडा दिनका लागि स्थानीय एक पसलमा पैसा साट्न लाग्दा नोट नक्कली भएको थाहा भएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए । ... बाँकी अंश»

आगामी महिनादेखि यसरी जोडिँदैछ आन्तरिक राजश्व र भन्सारको सिस्टम

२,०७४ श्रावण ६ शुक्रबार, काठमाडौं । भन्सार विन्दूमा सामानको कम मूल्यांकन गरी बजारमा बढी मूल्यमा सामान बेच्ने व्यापारीहरुलाई अब समस्या पर्ने भएको छ । विमानस्थल भन्सार कार्यालय सहित मुलुकका अन्य ६ वटा भन्सार कार्यालयमा समेत आशिकूडा वल्र्ड प्रणालीको सुरु गरिएसँगै अब आन्तरिक राजश्व विभाग र भन्सार विभागबीच प्रणालीगत समन्वय हुने भएको छ । राजश्व सचिव शिशिर ढुंगानाले डाटा इन्टिग्रेसन प्रणाली मार्फत् आगामी महिनादेखि भन्सार र आन्तरिक राजश्वबीच तथ्यांकहरुको एकीकरण प्रक्रिया सुरु हुने बताए । सचिव ढुंगानाले बिहीबार विमानस्थल भन्सार कार्यालयमा आशिकूडा वल्र्डको उद्घाटन गरेपछि यस्तो बताएका हुन् । ... बाँकी अंश»

विमानस्थल भन्सारबाट पछिल्लो ८ महिनामा २७ किलो सुन बरामद, सुधारका लागि के के भए ? 

२,०७४ श्रावण ६ शुक्रबार, काठमाडौं । भन्सार विभाग अन्तर्गत्को त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पछिल्लो ८ महिनामा २७ किलो सुन बरामद गरेको जनाएको छ । कार्यालयका प्रमुख सहसचिव नारायण सापकोटाले भन्सार कार्यालयकै सक्रियतामा पछिल्लो ८ महिनामा २७ किलो सुन ... बाँकी अंश»

लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

२,०७४ श्रावण ६ शुक्रबार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षण गर्ने गरी सहजीकरण गर्न विभिन्न मन्त्रालयका सचिव र विभागका प्रमुखलाई निर्देशन दिएका छन् । ... बाँकी अंश»

भरतपुर महानगरपालिका घेराउ

२,०७४ श्रावण ६ शुक्रबार, काठमाडौंँ । चितवन जिल्लास्थित भरतपुरका तरकारी व्यापारीले भरतपुर महानगरपालिका कार्यालय घेराउ गरेका छन् । ... बाँकी अंश»

यातायात कार्यालयका निमित्त प्रमुखसहित सात निलम्बित

२,०७४ श्रावण ५ बिहिबार, भीमदत्तनगर । भारतबाट चोरीका सवारी साधन भित्र्याएर दर्ता गरी सञ्चालन गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरको निर्णयले बिहिबार महाकाली अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित सात कर्मचारीलाई निलम्बन गरेको छ । ... बाँकी अंश»

आयोगको सुझाव नमान्दा केन्द्र-स्थानीय सरकारबीच द्वन्द्व चर्किने सम्भावना

२,०७४ श्रावण ५ बिहिबार, उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगले २०७१ सालमा सरकारलाई दिएको सुझाव हो । संविधान निर्माणको समयमा स्थानीय सरकार र केन्द्र सरकारबीचको साझा अधिकार र एकल अधिकारको सूची तयार पार्नको लागि रुप खड्काको नेतृत्वमा एउटा उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोग गठन गरेको थियो ... बाँकी अंश»

अबरुद्ध रिडी- रुद्रबेणी- वामटिक्सार सडक सूचारु

२,०७४ श्रावण ५ बिहिबार, गुल्मी । रिडि- रुद्रबेणी- वामीटक्सार अन्तर्गतको अबरुद्ध सडकखण्ड बिहिबारदेखि पुर्ण रुपमा सुचारु भएको छ । बिगत दुइ हप्तादेखी सडकखण्ड अन्तर्गत गुल्मीको सत्यबती गाँउपालिकादेखी मुसिकोट नगरपालिका सम्मका धेरै ठाँउमा पहिरो खसेको कारण सडक अबरुद्ध बनेको थियो । ... बाँकी अंश»

विमानस्थल भन्सारमा 'आशिकुडा वर्ल्ड' लागू, व्यापारीको ठगीधन्दा रोकिने

२,०७४ श्रावण ५ बिहिबार, काठमाडौं । भन्सार विभाग अन्तर्गत्को त्रिभुवन अन्तराष्ट्यि विमानस्थल भन्सार कार्यालयमा स्वचालित भन्सार (आशिकुडा) प्रणालीको सुरुवात गरिएको छ । उक्त प्रणालीको बिहीबार अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुंगानाले उद्घाटन गरे । यस अघि पनि ६ वटा भन्सार कार्यालयमा लागू गरिसकिएको आशिकोडा वर्ड विभिन्न मुलुकबाट सामान आउने अन्तराष्ट्रिय विमानस्थलमा भने पहिलो पटक लागू गरिएको हो ।  ... बाँकी अंश»

कहिले सम्पन्न हुन्छ नमुना पुल निर्माण कार्य ?

२,०७४ श्रावण ५ बिहिबार, पाल्पा । पाल्पा , गुल्मी , स्याङ्गजाको संगम स्थल रिडी स्थित कालीगण्डकी नदीमा निर्माण हुन लागेको नेपालको पहिलो नमुना पुल समयमै निर्माण कार्य सकिने समयमा अलपत्र अवस्थामा रहेको छ । नेपालको धार्मिक पर्यटकीय,पुरातात्वीक महत्व वोकेको पाल्पाको रुरु धाम, स्याङ्गजाको कारीकोट र गुल्मी जिल्लाको रुरु गाँउपालिका जोड्ने नेपालकै नमुना झलुङ्गेपुल निर्माण कम्पनीको कारणले निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । निमार्ण कार्य सम्पन्न हुने समयमा पुलको पिल्लर निर्माण कार्यसमेत पुरा हुन सकेको छैन । ... बाँकी अंश»

नोटबन्दीको ४ महिनामा भारतमा १५ लाखको रोजगारी खोसियो, ६० लाख भारतीयको बेहाल

२,०७४ श्रावण ५ बिहिबार, काठमाडौं । भारत सरकारले ४ मपहना अघि सुरु गरेको नोटबन्दीको सकारात्मक प्रभाव देखिन थालेको छ। पछिल्लो ४ महिनामा नोटबन्दीकै कारण १५ लाख भारतीयले थप रोजगारी पाएको एक अध्ययनले देखाएको छ । सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमी (सीएमआईई) को एक सर्वेका अनुसार नोटबन्दीले  देशमा ६० लाख मानिस प्रत्यक्ष लाभान्वित भएका छन् । भारतीय सरकारी तथ्यांकका अनुसार १ जनाले रोजगारी पाउँदा भारतमा ४ जना ऊ प्रति आश्रित हुनेगरेका थिए।  रिपोर्टले प्रायः यस्ता रोजगारी पाउनेहरु निम्न आर्थिक अवस्थाका घरपरिवारहरु रहेकोले भएको एक जनाको पनि रोजगारी खोसिँदा ६० लाख भारतीयहरुको अवस्था बेहाल हुन पुगेको रिपोर्टलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  ... बाँकी अंश»

आयल निगमले खरिद गरेको जग्गाको संसदीय समितिले स्थलगत अनुगमन गर्ने

२,०७४ श्रावण ५ बिहिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता समिति मातहत गठन गरिएको उपसमितिले मुलुकका सातै प्रदेशमा इन्धनको भण्डारण क्षमता बढाउने सन्दर्भमा पछिल्लो समय जग्गा खरिद गर्न गरिएका प्रयाससम्बन्धी सम्पूर्ण पत्राचार र निर्णयको प्रतिलिपि उपलब्ध गराउन नेपाल आयल निगमलाई निर्देशन दिएको छ । ... बाँकी अंश»

आन्तरिक राजश्व विभागको महानिर्देशकमा कार्की 

२,०७४ श्रावण ४ बुधबार, काठमाडौं । कर फर्छ्यौट आयोगमा रहँदा भ्रष्टाचार गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मा निलम्बित भएपछि विभागका तत्कालीन महानिर्देशकको जिम्मेवारी सहसचिव किशोर जंग कार्कीलाई दिईएको छ । यस अघि नै आन्तरिक राजश्व विभाग, सम्पत्ति शुद्धीकरण विभाग लगायतमा कार्यरत रहेर अनुभव सँगालेका कार्कीलाई सरकारले आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी दिईएको हो ।  ... बाँकी अंश»

महानगरपालिकाको कर वृद्धिप्रति चेम्बरको आपत्ति

२,०७४ श्रावण ४ बुधबार, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले काठमाडौँ महानगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनाइएको आर्थिक ऐन, २०७४ मा आर्थिक वर्ष २०७४-७५ का निम्ति स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आय संकलन गर्न गरिएको अत्यधिक कर वृद्धिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ... बाँकी अंश»

हुलाकी राजमार्गलाई भारतको २३ करोड सहयोग

२,०७४ श्रावण ४ बुधबार, काठमाडौँ । हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले २३ करोडको चेक हस्तान्तरण गरेको छ । ... बाँकी अंश»

नयाँ