अर्थ

चितवनमा अनुगमन टोलीद्वारा पाँच व्यावसायिक प्रतिष्ठान बन्द

२,०७४ असार १२ सोमबार, चितवन। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले चितवनका पाँच व्यवसायिक प्रतिष्ठान बन्द गराएको छ । बिभागका शाखा अधिकृत ढुन्डिराज पोखरेलको नेतृत्वमा आएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष तीर्थ महर्जनसहितको टोलीले सोमबार चितवन जिल्लाका बजार अनुगमन गरी रामनगरको न्यु शिवशक्ति होटल, सुस्मा होटल, नारायणगढको शर्मा आइसक्रिम, आनन्दमार्गको ओम सत्य साई गल्ला पसल र श्री ट्रेडर्सको कारोबार रोक्का गरेको शाखा अधिकृत पोखरेलले जानकारी दिए ।  ... बाँकी अंश»

माथिल्लो कर्णाली आयोजना प्रभावितलाई जुलाईदेखि मुआब्जा वितरण गरिँदै

२,०७४ असार १२ सोमबार, सुर्खेत । माथिल्लो कर्णालीको प्रवद्र्धक जीएमआरले आगामी जुलाईदेखि जग्गाधनीलाई मुआब्जा वितरण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) सुर्खेत शाखाले आयोजनास्थल दैलेखको डाबमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका शाखा प्रबन्धक कृष्णराज जोशीले जीएमआरले चुनावलगत्तै मुआब्जा वितरणको तयारी गरेकाले अत्याधुनिक प्रविधिसहितको एक्सटेन्सन काउन्टर स्थापना गरिएको बताए।  ... बाँकी अंश»

नेपालको पर्यटन विकास प्रभावकारी हुन सकेन, डेढ वर्षदेखि पर्यटन परिषद्को बैठक नै बसेन

२,०७४ असार १२ सोमबार, काठमाडौँ । समग्र पर्यटन क्षेत्रको विकासका लागि नीतिगत मार्गदर्शन गर्ने ‘राष्ट्रिय पर्यटन परिषद्’ को वैठक डेढ वर्षदेखि बस्न सकेको छैन । ... बाँकी अंश»

थपियो क्रेजी सेल मेलाको अवधि, असार १७ सम्म चल्ने

२,०७४ असार ११ आइतबार, काठमाडौं । शिखर सुजको आयोजनामा भृकुटीमण्डपको प्रदर्शनी स्थलमा भईरहेको क्रेजी सेल मेला यहि असार १७ गतेसम्म चल्ने भएको छ । यस मेलामा उपभोक्ताले सस्तो मुल्यमा आर्कषक जुत्ता चप्पल पाउने हुँदा ग्राहकको मागलाई ध्यानमा मेलाको समयावधि ६ दिन थप गरिएको आयोजकले जनाएको छ ।  ... बाँकी अंश»

९६ हजार वर्ग किमी क्षेत्रफलमा खनिजको सम्भावना

२,०७४ असार १० शनिबार, काठमाडौँ । नेपालमा ९६ हजार वर्गकिलोमिटर क्षेत्रफलमा खनिज भेटिने सम्भावना देखिएको छ । खानी तथा भू–गर्भ विभागले गरेको अध्ययनमा नेपालका पहाडी, मध्यपहाडी र तल्लो हिमाली क्षेत्रमा खनिजको सम्भावना रहेको जनाएको हो । ... बाँकी अंश»

प्रचण्डले कुलमानलाई घरमा बोलाएर भने –सुदूरपश्चिमको लोडसेडिङ हटाइदिनुस्

२,०७४ असार १० शनिबार, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई घरैमा बोलाएर सुदूरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने विषयमा छलफल गरेका छन् । ... बाँकी अंश»

वैदेशिक रोजगार व्यवसायी संघमा ढकाल प्यानलको उम्मेदवारी घोषणा

२,०७४ असार ९ शुक्रबार, काठमाडौं । व्यवसायीको हक हित र सम्मान हाम्रो निरन्तर अभियान भन्ने नाराका साथ बिमल ढकालको नेतृत्वमा असार ३० गते हुने नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागी प्यानल घोषणा भएको छ।  ... बाँकी अंश»

जर्मन प्रविधीबाट निर्मित 'एसीसी ब्लक्स ‘ईटा’ नेपाली बजारमा 

२,०७४ असार ९ शुक्रबार, काठमाडौं। नेपालमा पहिलो पटक उत्पादन भएको एसीसी ब्लक्स बजारमा आएको छ। एरो ब्रिक्स कम्पनी प्रा.ली.ले उत्पादन गरेको ईटा अरु साधारण ईटा भन्दा बलियो, हलुको र कम मुल्य पर्ने कम्पनिले जनाएको छ। कम्पनीका कार्यकारी निर्देशक बाबुराजा रावलले उद्घाटनका क्रममा भने ‘हालको ईटा भन्दा यो बलियो, हलुको हुनुका साथै सस्तो पर्दछ। यो माग बमोजिम बिभिन्न आकारमा उपलब्ध हुन्छ। ठुलो आकार प्रयोग गर्दा स्वभाविकरुपमा अन्य निर्माण सामाग्री (सिमेन्ट , बालुवा आदि) कम प्रयोग हुने भएकोले लागत कम लाग्छ।‘  ... बाँकी अंश»

आफ्नो पनि कर मिनाहा गरिदिन निर्माण व्यवसायीको प्रधानमन्त्रीसँग आग्रह

२,०७४ असार ८ बिहिबार, काठमाडौं । एकाथरी व्यवसायीहरुको कर मिनाहा गरेको विषयमा कर फर्छ्यौट गरेको विषयमा अख्तियारले कारबाही चलार्इरहेको बेलामा नेपाल निर्माण व्यवसायी महासंघले आफूहरुको पनि कर मिनाहा गरिदिन सरकारसँग आग्रह गरेको छ । बिहीबार महासंघको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी लामो समयदेखि बक्यौता रहेको आयकर, मुल्य अभिवृद्धि कर लगायतका राजश्वहरु बुझाउन नसकी व्यवसायीहरु पीडित हुन परिरहेकोले तिर्न तथा बुझाउन बाँकी रहेको राजश्व बक्यौतामा लागेको व्याज, हर्जना र जरिवाना मिनाहा गरी साँवा कर मात्र चुक्ता गर्ने व्यवस्था नीतिगत रुपमा नै गरिदिन आग्रह गरेका थिए । उनीहरुले यसरी बक्यौता फर्छ्यौट गर्न सकिने व्यवस्था एक पटकका लागि मात्र देशभर लागु हुने आवश्यक प्रकृया थालनी गर्न टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।  ... बाँकी अंश»

भूकम्पपीडितको गुनासो व्यवस्थापनको अधिकार पनि सिंहदरबारबाट गाउँमा पुग्यो

२,०७४ असार ८ बिहिबार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ संरचना गठन भएसंँगै गाँउपालिकासम्मलाई पुनर्निर्माणसम्बन्धी गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्योजन गरेको छ । यससँगै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गरेझै सिंहदरबारबाट भूकम्पपीडितको गुनासो सुन्ने अधिकार पनि गाउँगाउँमा पुगेको छ ।  ... बाँकी अंश»

चूडामणि शर्मालाई थप ७ दिन थुनामा राख्न अनुमति

२,०७४ असार ८ बिहिबार, काठमाडौं । राजस्व हिनामिना गरेको आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई विशेष अदालतले थप ७ दिन थुनामा राख्न अनुमति दिएको छ । ... बाँकी अंश»

पशुपालक कृषकलाई ३३ लाख ४० रुपैयाँ हजार अनुदान 

२,०७४ असार ८ बिहिबार, रामेछाप । जिल्ला पशु सेवा कार्यालय रामेछापले व्यवसायिक पशुपालनतर्फ उन्मुख जिल्लाका ४२ जना पशुपालक कृषकलाई ३३ लाख भन्दा बढी रकम अनुदान वितरण गरेको छ । कार्यालयले आज सदरमुकाम मन्थली स्थित कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरी युवा लक्षित विशेष पशु उत्पादन कार्यक्रम, केन्द्रीय कार्यक्रम, युवा लक्षित बजार प्रबद्र्धन कार्यक्रम अन्तर्गत ३३ लाख ४० हजार रुपैयाँ अनुदानको रुपमा वितरण गरेको हो ।  ... बाँकी अंश»

रुपन्देहीमा कर परीक्षण तालिम 

२,०७४ असार ८ बिहिबार, बुटवल । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा एक सातासम्म सञ्चालित लेखा, लेखापरीक्षण तथा करसम्बन्धी प्रशिक्षण आज (बिहीबार) समापन भएको छ । तालिम समापन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले चुस्त प्रशासनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले क्याम्पसले अतिरिक्त कार्यका रूपमा प्रशिक्षण आयोजना गर्ने गरेको बताए । ... बाँकी अंश»

आईएमई डिजिटलले 'मोबाइल वालेट' ल्याउने

२,०७४ असार ८ बिहिबार, काठमाडौँ । आईएमई समूहको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२” बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो । ... बाँकी अंश»

जिम्मेवार पदाधिकारीले यसरी बढाउँदा रहेछन् भ्रष्टाचार

२,०७४ असार ८ बिहिबार, काठमाडौँ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका जिम्मेवार पदाधिकारीमा निजी स्वार्थका लागि काम गर्ने प्रवृत्ति हुनुले पनि मुलुकमा भ्रष्टाचार बढ्ने गरेको कानुनी र प्रशासनिक क्षेत्र विज्ञहरुले बताएका छन् । ... बाँकी अंश»

'एमालेले अरुण-३ मा अवरोध नगरेको भए नेपालले अहिले विजुली बेचिरहेको हुन्थ्यो'

२,०७४ असार ७ बुधबार, पाँचथर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले काँग्रेसकै नेतृत्वमा संविधान निर्माण भएको हुँदा अव पनि काँग्रेसले नै स्थानीय तहको निर्वाचनमा जित हाँसिल गरेर पहिलो पार्टी बन्ने दाबी गरेका छन् । पाँचथरको फिदिममा बुधबार आयोजित बृहत चुनावीसभालाई सम्वोधन गुरुङले यस्तव् दाबी गरेका हुन् । काँग्रेसकै नेतृत्वमा शान्ति र संविधान स्थापना भएको हुँदा अव त्यसलाई कार्यान्वयन गर्दै अब तोकिएकै मितीमा तीनवटै तहको चुनाव हुने उनले बताए । ... बाँकी अंश»

चीनले सम्झायो 'वानवेल्ट वान रोड' सम्झौता, ८ अर्ब डलर लगानी चाँडै आउने 

२,०७४ असार ७ बुधबार, काठमाडौं । चिनियाँ प्रतिनिधि मण्डलले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेटी चीन सरकारसँग भएको वानवेल्ट वान रोड परियोजनामा नेपालले गरेको हस्ताक्षरलाई स्मरण गराएको छ । बुधबार मन्त्रालयमा भएको भेटमा चीनसँग भएका महत्वपूर्ण सम्झौताहरु पारवाहन तथा यातायात, रोड एन्ड बेल्ट इनिसियटिभ्स, क्रस बोडेर इकोनोमिक जोन जस्ता परियोजनाहरुको बारेमा चिनियाँ पक्षले सरकारलाई स्मरण गराएको महराको निजी सचिवालयले जनाएको छ ।  ... बाँकी अंश»

म्यानपावरको बदमासी, साउदीमा १७ युवा अलपत्र

२,०७४ असार ७ बुधबार, गाईघाट । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यान पावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुर्याउने नाममा ठगीमा परेर अहिले साउदी अरबमा बेपत्ता भएका छन् । ... बाँकी अंश»

युवा स्वरोजगार कोष लथालिंग, उपाध्यक्षले गरे कोषको दुरुपयोग

२,०७४ असार ६ मंगलबार, काठमाडौं । अर्थमन्त्रालयको गेटबाट करिब ४ सय मीटर पूर्वपट्टि सिंहदरबारको गेटबाहिर यसै मातहत रहने एक कार्यालय छ, युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय । कोषको कार्यकारी उपाध्यक्ष छन, योजना आयोगका पूर्व सदस्य तथा एमालेका खर्राट कार्यकर्ता डा. प्रेमप्रसाद दंगाल । ... बाँकी अंश»

नेपालमै पहिलोपल्ट पेमेन्ट गेटवे कम्पनीमा इ-सेवाले पायो लाइसेन्स

२,०७४ असार ६ मंगलबार, काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा प्रा.लि.ले भुक्तानी सेवा प्रदायकको लाईसेन्स् प्राप्त गरेको छ । इसेवालाई मंगलबार राष्ट्र बैंकले लाइसेन्स् प्रदान गरेको  प्रा लिका प्रमुख कार्यकारी अधिकृत अस्गर अलिले जानकारी दिए ।  ... बाँकी अंश»

नयाँ