www.deltrox.com

क्रान्तिबाट डराउने दाहाल र भट्टराईसँग एकता हुँदैनः चन्द

प्रकाशित मिति :

baburam-prachandaगोरखा। नेकपा माओबादीका महासचिब नेत्रबिक्रम चन्दले क्रान्तिसँग डराएर भागेका एमाओवादी नेतासँग पार्टी एकता हुनै नसक्ने ठोकुवा गर्नुभएको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले क्रान्तिकारी धार छाडिसकेको आरोप लगाउँदै उहाँले क्रान्तिकारी शक्तिसँग मात्रै पार्टी एकता हुने बताउनुभएको छ । साथै उहाँले एमाओवादी र नेकपा–माओवादीबीच पार्टी एकता नहुने दाबी गर्नुभयो ।

‘प्रचण्डजी र बाबुरामजी धेरै बाठो हुनुभयो’ गोरखाको हंशपुर गाविस–४ काफलडाँडास्थित नेतृ उमा भुजेलको आमा गर्भकुमारीको निधन भएको १३ औँ दिनको पुण्यतिथिको अवसरमा आयोजित शोक सभालाई सम्बोधन गर्दै नेता चन्दले भन्नुभयो, प्रचण्ड, बाबुराम पनि विदेशी शक्तिको वरपर घुमेका छन् ।’ रासस

Scroll To Top