www.deltrox.com

हात्ती दौड तथा चितवन हात्ती महोत्सवको नाफा १८ हजार!

प्रकाशित मिति :

elephant-poloराजेन्द्र आचार्य, सौराहा। दशौ अन्तराष्ट्रिय हात्ती दौड तथा चितवन हात्ती महोत्सव २०७० को हिसाब किताब पर्यटकीय नगरी सौराहामा सार्वजनिक गरिएको छ। ५ दिन सम्म चलेको महोत्सवबाट १८ हजार १ सय ५३ रुपैया बचत भएको आयोजक संस्था क्षेत्रिय होटल संघले आज आयोजित एक कार्यक्रम मार्फत सार्वजनिक गरेको हो। २७ लाख २८ हजार ८७ रुपैया आम्दानी भएकोमा २७ लाख ९ हजार ९ सय ३१ रुपैया खर्च भई सो बराबरको रकम बचत भएको महोसत्वका आर्थिक संयोजक दिपक भट्टराईले जानकारी दिनुभयो। दशौ संस्करणमा २ दिन थप गरि सञ्चालन गरिएको महोसत्व गत साल पौष ११ देखि १५ गते सम्म बछौलीको बाघमारा चौरमा सञ्चालन भएको थियो। महोत्सवमा टागा दौड, गाढा दौड, डुङगा दौड प्रतियोगिता भएको थियो भने सास्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। क्षेत्रिय होटल संघका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्टको अध्यक्षतामा सम्पन्न हिसाब किताब सार्वजनिक कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सुमन घिमिरेले स्वागत मन्तव्य राखेका थिए, भने संरक्षणकर्मी रामप्रित यादव प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा रेवान सौराहाका अध्यक्ष सिताराम कुमाल, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष अशोक चौधरी, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष अशोक चौधरी, संघ निर्वातमान अध्यक्ष नारायण भटराई, पूर्व अध्यक्षहरु शंकर शैजु, गिरिधारी चौधरी, सचिव राममणी खनाल, कार्यलय सचिव मनोज सुनार लगायतले बालेका थिए।

Scroll To Top