www.deltrox.com

प्रेस युनियनको पहिलो बैठक कार्तिक १५ गते नवलपरासीमा

प्रकाशित मिति :

Press-Union-Logoकाठमाडौँ । नेपाल प्रेस युनियनको हालै पोखरामा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो वैठक आउँदो कार्तिक १५ गते बस्ने भएको छ ।

महाधिवेशन भएको झण्डै दुई महिनापछि पश्चिमाञ्चलको नवलपरासीमा आगामी कार्तिक १५ गते बैठक बस्ने तय भएको युनियनका महासचिव अजयबाबु सिवाकोटीद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।

नेपालका प्रजातन्त्रवादीहरुको छाता संस्थाका रुपमा रहेको युनियनको पहिलो बैठकले आफ्नो तीन वर्षे कार्यकालको रुपरेखा र भावी योजनाका बारेमा विभिन्न निर्णय गर्ने बताईएको छ ।

युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्ययता पाउने पहिलो र श्रम कार्यालयमा दर्ता भई श्रमजिवी पत्रकारको हकहितमा समर्पित संस्था हो । रासस

Scroll To Top